×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सित्तैमा खेलेका थिए अमिताभले ब्ल्याक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सित्तैमा खेलेका थिए अमिताभले ब्ल्याक

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अमिताभ बच्चनले ‘ब्ल्याक’ फिल्म सित्तैमा अभिनय गरेको खुलासा गरेका छन् । सञ्जयलीला भन्साली निर्देशित ब्ल्याक १२ वर्षअघि बनेको थियो । आफू भन्सालीको फिल्ममा काम गर्न लालायित भएकाले उनले सो फिल्मको अफर गर्दा पैसाको डिमान्ड नगरेको अमिताभले बताएका छन् ।
‘म भन्सालीसँग काम गर्न आतुर थिएँ । उनले मलाई रोल अफर गरे, मैले पैसाको कुरा गरिनँ,’ ७४ वर्षीया अमिताभले आफ्नो ब्ल्याक समर्पित ब्लकमार्फत खोलेका छन्, ‘मैले विनापारिश्रमिक ब्ल्याकमा काम गरेँ । एउटा राम्रो फिल्मको हिस्सा बन्न पाएकोमा म गर्व महसुस गर्छु ।’
अमेरिकी लेखिका हेलेन केलरको जीवनीमा आधारित ब्ल्याकमा रानी मुखर्जी दृष्टिविहीन युवतीको भूमिकामा छिन् । अमिताभले उनको शिक्षकको भूमिका निर्वाह गरेका छन् । फिल्म सुपरहिट भएको थियो । सो फिल्ममा अहिलेका चर्चित अभिनेता रणवीर कपुर भन्सालीका सहायक निर्देशक थिए ।
अमिताभले ब्ल्याकको प्रिमियरको दिन आफ्ना लागि विशेष भएको उल्लेख गरेका छन् । उनले सो प्रिमियरमा आफ्ना आदर्श अभिनेता दिलीपकुमार उपस्थित भएकोमा निकै खुसी मानेका छन् । दिलीपकुमारले आफ्नो अभिनयको तारिफ गरेको पल पनि उनलाई यादगार छ । ब्ल्याक फिल्मबाट अमिताभले दोस्रोपटक सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: