×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरिमा रोकिएन ‘लुट’… ‘क्रेज’ घटेपछी फाल्गुणभर ‘छुटै छुट’ ! (फलोअप नम्बर ८)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चन्द्रागिरिमा रोकिएन ‘लुट’… ‘क्रेज’ घटेपछी फाल्गुणभर ‘छुटै छुट’ ! (फलोअप नम्बर ८)

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सञ्चालनमा आएलगत्तै विभिन्न कुरामा विवादमा परेको चन्द्रागिरी हिल्स लिमिटेडले पर्यटकको क्रेज घटेपछी छुटै छुटको बहार ल्याएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले दिएको जानकारी अनुसार फाल्गुनभर सोमबार, मंगलबार, बुधबार र बिहिबार चन्द्रागिरिमा जान केवलकारको टिकटमा ५० प्रतिशत छुट दिइएको छ । चन्द्रागिरीमा शुक्रबार, शनिबार र आइतबार पर्यटकको राम्रै चहलपहल हुने कारण यी दिनहरुमा भने छुट दिइएको छैन । चन्द्रागिरी हिल्समा पाइलानै पिच्छे जनता ठगिने गरेको, हिल्स वरपरका रेष्टुरेन्टहरुमा मनपरी ढंगले मेनु राखिएको, लगायतका समाचार अर्थ सरोकार डटकमले ब्रेक गरेपछि मेनुमा केहि परिमार्जन समेत गरिएको थियो भने चन्द्रागिरी हिल्समा जाने केवलकारको टिकेटमा पनि विभिन्न बहानामा छुट दिइएको थियो । 
रोकिएन लुट !
यद्यपी चन्द्रागिरि हिल्स लिमिटेडको ‘लुट’ भने रोकिएको छैन । हिल्स वरपरका रेष्टुरेन्टहरुमा खानेकुरा निकैनै महँगो छ । हिल्स वरपरका रेष्टुरेन्टहरुमा पाइने म:म, चाउमिन, जेरी, खाना लगायतको भाउ छोईनसक्नु छ भने अन्य ‘स्न्याक्स’ को भाउ पनि छोई नसक्नु छ । मूल्यमात्र होइन चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा पाइने खानाको गुणस्तरमा पनि प्रश्न चिन्ह उठेको छ । विशेषगरी हिल्स परिसरमा पाइने म:म स्वास्थ्यजनक नभएको गुनासो पर्यटकहरुको छ भने चन्द्रागिरी हिल्स लिमिटेड परिसरमा खाइने खानामा पनि अत्याधिक सोडा मिसाइएको हुने गरेको ग्राहकको गुनासो छ । तर चन्द्रागिरी हिल्स लिमिटेडका बारेमा जन गुनासो अत्याधिक हुँदा पनि सम्बन्धित निकाय मौन छ । हिल्स परिसरमा पाइने खानाको जांचबुझ गर्न वाणिज्य विभागका कोहि पनि चन्द्रागिरि पुगेका छैनन् भने मूल्यसूचीमा कम्पनीले गरिरहेको मनपरीबारे पनि कोहि बोलेको छैन । 
क्रेज घटेपछी छुटै छुट ! 
चन्द्रागिरी हिल्स पर्यटकहरुका लागि नयाँ गन्तव्य भएपनि, चन्द्रागिरीले गरेको मनपरी, खाने कुरामा गरेको सिन्डिकेट लगायतक कुराहरुले जनताको क्रेज घटेपछि चन्द्रागिरीले विभिन्न बहानामा छुटको बहारनै ल्याएको छ । सहिद दीवासको दिन सहिद परिवारलाइ छुट, माघे संक्रातिमा छुट, लगायतका स्किमहरु चन्द्रागिरीले ल्याईरहेका बेला फाल्गुनभर चहलपहल नहुने दिनहरुमा छुट भन्दै उसले ग्राहक तान्न खोजिरहेको छ । चन्द्रागिरी हिल्स लिमिटेड स्रोतले दिएको जानकारी अनुसार विदाका दिन चल्ने भन्दा यी दिनहरुमा आदि पनि केवलकार संचालनमा आउंदैनन् । ‘न त फाल्गुन महिना केहि विशेष हो, न त बिदाका दिनमा छुट दिइएको छ । पर्यटक आउने छाडेपछी के गर्नु त ?’ चन्द्रागिरी हिल्स लिमिटेडका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।
चन्द्रागिरी हिल्स लिमिटेडका बारेमा यी समाचार छुटे कि ?
    CITIZEN LIFE INSURANCE
    Hamro Parto AD
    ACTIVE ACADEMY

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: