
- प्रनिश थापा / अर्थ सरोकार डटकम
चितवन- आफ्ना माग पूरा गराउन नेपाल पत्रकार महासंघ चितवन शाखा उदाशिन बनेको भन्दै क्रान्तिकारी पत्रकार महासंघ चितवन बिरोधमा उत्रिएका छन् । बिरोध स्वरुप उनीहरुले विभिन्न माग राख्दै महासंघको चितवन शाखामा तालाबन्दी गरेका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष सूर्य बरालको नेतृत्वमा गएका पत्रकारहरुले आफ्ना मागहरु नेपाल पत्रकार महांसघलाइ पटकपटक अबगत गराएको भए पनि सम्बोधन गर्न महांसघले गम्भीरतापुर्वक चासो नलिएको भन्दै पाँच दिनका लागि सांकेतिक रूपमा तालाबन्दी गर्न आफूहरु बाध्य भएको क्रान्तिकारी पत्रकार महांसघ चितवनका अध्यक्ष सुर्य बराल (क्षितिज) ले जानकारी दिए ।
आफ्ना बिरोधलाई तुहाउने ढंगले महासंघमा टाँगेको कालो व्यानर अज्ञात समूह लगाइ च्यातेको छ , यस्मा हाम्रो घोर भत्सर्ना छ । क्रान्तिकारी महासंघ चितवनका अध्यक्ष बरालले भने, नयाँ सदस्यता थप्दा क्रियाशिलतालाई ध्यान नदिई आफ्नो पायक पर्ने मान्छेलाई हेरेको , गैर पत्रकारहरुलाई एकलौटी ढंगले सदस्यता दिएको भन्दै त्यसो नगर्न हामीले यस अघि ज्ञापन पत्र पनि बुझाएका थियौं । पर्ख र हेरको स्थितिमा बस्दा समेत नेपाल पत्रकार महासंघ गैरजिम्मेवार बनिदियो , उनले भने ।
आफूले लगाएको कालो ब्यानर च्यात्तिएको भन्दै बरालले फागुन ५ गते सम्मका लगाइएको तालाबन्दी तोडमोड गर्न खोजे परिस्थिति राम्रो नहुने चेतावनी समेत दिए । उनले , यसलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन् । फागुन पाँच गतेसम्मको आफ्नु तालाबन्दी लाई बेवास्ता गरे अनिश्चितकालका लागी तालाबन्दी गर्न बाध्य हुने क्रान्तिकारी पत्रकार महासंघले चेतावनी समेत दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्