×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाइरल हुँदै ‘चियावाली’ !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भाइरल हुँदै ‘चियावाली’ !

१४ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार समाबाददाता 
काठमाडौँ – केहि समयअघि गोलभेडा बोकेर झर्दै गरेकी एउटी किशोरीको तस्विर सामाजिक संजालमा भाइरल भयो । सबैले उनलाई तरकारीवालीको उपमा दिए । उनको चर्चा यतिसम्म चुलियो कि चोक- चोकमा तरकारीवालीकै चर्चा थियो । जताततै उनकै कुरा थियो । अहिले अर्को एउटा तस्विर त्यस्तै भाइरल भएको छ । 
तस्विरमा एउटी सानी नानी हातमा थर्मस, हरियो झोला र ग्लास बोकेर चिया बेच्न हिंडेकी छिन् । पहेंलो रंगको सुरुवाल र रातो रंगको घान्गर लगाएकी दुइ चुल्ठी बाटेकी उनी चिया बेच्न हिंड्दै गर्दा खिचिएको यो तस्विर अहिले सामाजिक संजालमा भाइरल भएको हो ।
सामाजिक संजालमा भाइरल भएको यो तस्विरलाई विभिन्न कोणबाट विस्लेषण गर्न थालिएको छ । ‘उनको हातमा चिया होइन कापी हुनुपर्छ’, ‘देशमा बेरोजगार भए भनौं है, यी बहिनीसंग काम छ’ लगायतका क्याप्सन राखेर सामाजिक संजालमा यो तस्विर भाइरल बनाइएको छ । यो तस्विर भाइरल भएसंगै उनको चर्चा पनि चुलिएको छ । हामी चियावाली नानीबारे थप खोजी गर्दैछौं ।

तस्विर :  Ryanography.

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: