×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार महासंघ इलामको विवाद उत्कर्षमा, प्रेस युनियन र संघीय प्रेस फोरमले कार्यालयमा लगायो ताला !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पत्रकार महासंघ इलामको विवाद उत्कर्षमा, प्रेस युनियन र संघीय प्रेस फोरमले कार्यालयमा लगायो ताला !

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
इलाम – नेपाल पत्रकार महासंघ इलाम साखामा तीब्र विवाद देखिएको छ । एकातर्फ वर्तमान महासंघकाे कार्यसमितिले सदस्यता बितरणमा एकलाैटी गरेकाे दलका कार्यकर्ता कर्मचारी ,एनजीअाेकर्मी लगायतलाई  सदस्यता वितरण गरेकाे फागुन ७ गते अधिवेशनकाे मिति ताेकेर ५ गतेसम्म सदस्यताकाे टुङ्गो नलगाएको देखाउँदै प्रेस युनियन इलाम र संघीय प्रेस फोरम इलामले संयुक्त रुपमा महासंघको कार्यालयमा ताला लगाएको छ भने यता प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका पत्रकारहरुले भने प्रेस सेन्टर  र प्रेस चौतारी मिलेर चुनाव जित्ने भएपछी अनेकौं बहानाबाजी गर्दै युनियन र प्रेस फोरमले निहुँ खोजेको आरोप लगाएका छन् ।  

‘मनलाग्दी ढंगले सदस्यता वितरण गर्न खोजीएको छ । दलका कार्यकर्ता, कर्मचारी, एनजीअाेकर्मीहरुलाई सदस्यता वितरण गरेर मनलाग्दी गरिएको छ । ७ गतेको अधिवेसन भनेर अहिलेसम्म सदस्यता टुंगो लगाइएको छैन । हाम्रो सदस्यता समेत नवीकरण भएको छ वा छैन भन्ने जानकारी छैन ।  त्यहि भएर हामी महासंघको ढोकामा ताला लगाउन वाध्य भयौं ।’  नेपाल पत्रकार महासंघ इलामका संस्थापक समेत रहेका  प्रेस युनियन सम्बद्ध पत्रकार सोम सुशेलीले अर्थ सरोकार डटकमसँग भने । उनले ७ गतेको अधिवेसन स्थगित नगरेसम्म महासंघको ढोकामा लगाइएको ताला नखोलिने स्पष्ट पारे ।
यसबारे बुझ्न खोज्दा प्रेस युनियन अध्यक्ष तोयानाथ भट्टराइ सम्पर्कमा आउन नचाहेपछी हामीले सोम शुशीलीलाई सम्पर्क गरेका थियौं । पत्रकार थर्काउने मिडिया मालिकको नुन खाएर पत्रकारको हक हितको खोक्रो नारा लगाएको आरोप लागेपछि उनी सम्पर्कमा आउन चाहिरहेका छैनन् । यसअघि प्रेस युनियनका अध्यक्ष तोयानाथ भट्टराइ कार्यरत चियाबारी एफएमका मालिकले समाचार लेखेकै आधारमा आफु गगन थापाको पार्टनर भएकाले जुनसुकै बेला जेपनि गरिदिन सक्ने भन्दै अर्थ सरोकार डटकमका सम्पादकलाई अश्लील गाली गर्दै थर्काएका थिए । 
यता प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको समुक्त प्यानलको अध्यक्षता गरिरहेका भीम चापागाईंले भने प्रेस युनियनका पत्रकारहरुले अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् । ‘सदस्यतामा खास विवाद नै थिएन । सिफारिस गरेर पठाइएकामध्ये केहि साथीहरुको सदस्यतालाइ लिएर उहाँहरुले विरोध जनाउनुभएको थियो । पत्रकारिता गर्नेहरुलाई नेपाल पत्रकार महासंघको सदस्यताबाट बन्चित गराउनु हुँदैन भन्ने हाम्रो ठहर हो । तर अनेक बखेडा झिक्ने काम भएको छ । ‘ उनले भने ।  
यता विवाद देखिएपछी आउँदो ७ गते हुने भनिएको अधिवेसन हुने, नहुने टुंगो लाग्न सकेको छैन । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: