Skip to content
LAXMI SUNRISE BANK

FSU Election Express : स्ववियु निर्वाचन घोषणाका त्रुटी सच्याउन माग गर्दै १० विद्यार्थी संगठन एकै ठाउँमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – त्रिभुवन विश्व विद्यालयले हालै सार्बजनिक गरेको निर्वाचन कार्यक्रम र कार्य तालिकामा भएका त्रुटी सच्याउन माग गर्दै १० विद्यार्थी संगठनहरु एकै ठाउँमा उभिएका छन् ।
विद्यार्थी संगठनहरुले त्रिभूवन विश्व विद्यालयले कांग्रेस, एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरुको मिलोमतोमा त्रुटीपूर्ण स्ववियु निर्वाचन कार्यक्रम र कार्य तालिका सार्बजनिक गरेको आरोप लगाउदै उक्त कार्य तत्काल सच्याउन माग गर्दै शुक्रबार सयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।
त्यस्तै विश्व विद्यालयले कांग्रेस एमाले र माओवादी केन्द्र निकट बिद्यार्थी संगठनलाई मात्र गोप्य रुपमा निर्बाचन कार्य तालिका र कार्यक्रम सार्बजनिक गर्ने मितिको जानकारी दिएर अरु बिद्यार्थी संगठनहरुलाई बायस गर्ने शैलीमा एकमुष्ठ रुपमा बिद्यार्थी भर्ना गरेर भर्ना प्रकृया रोकिएको समेत आरोप लगाएका छन् ।
विश्व विद्यालयमा कांग्रेसको भिसी एमालेको रजिस्टार र माओवादी केन्द्रको शिक्षा अध्यक्षले आ-आफ्ना बिद्यार्थी संगठनहरुलाई निर्वाचन कार्य तालिका आउने मिति पनि गोप्य रुपमा जानकारी गराई भर्ना प्रकृयामा बेइमानी गरेको गम्भीर आरोप लगाएका छन् ।
विश्व विद्यालयको यस प्रकारको रबैयाप्रति आपत्ति जनाउँदै नेपालमा क्रियाशील १३ मध्ये १० विद्यार्थी संगठनहरुले सयुक्त रुपमा ज्ञापन पत्र बुझाएको नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले बताएका छन् ।
चलाउनेका अनुसार विश्व विद्यालयले एकमुष्ठ रुपमा गरेको भर्ना खारेज गरिनुपर्ने, सिनेटमा ३ ओटा मात्र विद्यार्थी संगठनको प्रतिनिधित्व गराउने प्रचलनलाइ खारेज गरी सबै संगठनको सर्बपक्षिय सहमतिमा निर्वाचनको नयाँ मिति तोकिनुपर्ने लगायतका मागहरु राखी सयुक्त ज्ञापन बुझाइएको हो ।
विश्व विद्यालयले निर्वाचन प्रणालीमा समानुपातिक मिश्रित प्रणाली भने पनि त्यसमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित नगरिएको र सबै बिद्यार्थी संगठनहरुले उठाएको पूर्ण समानुपातिकको मुद्दा पनि समाधान नगरिएको हुनाले यो कुरालाई समेत सम्बोधन गरी नयाँ निर्वाचन तालिका सार्बजनिक गर्न १० संगठनले माग गरेका छन् ।
स्ववियु निर्वाचनको पुर्वसन्ध्यामा विश्व विद्यालयले सार्वजनिक गरेको कार्यतालिकाप्रति असन्तुष्ट रहेका विद्यार्थी सङ्गठनहरु एक ठाउँमा उभिएका हुन्।

हेर्नुहोस् ज्ञापन

यो पनि पढ्नुहोस् 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK