×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन्दर इलाममा रचियो गर्विलो इतिहास : नेपाल पत्रकार महासंघको इतिहासमै पहिलो पटक महिला अध्यक्ष !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ फाल्गुन २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

सुन्दर इलाममा रचियो गर्विलो इतिहास : नेपाल पत्रकार महासंघको इतिहासमै पहिलो पटक महिला अध्यक्ष !

  • अर्थ सरोकार सम्बाददाता 

इलाम – नेपाल पत्रकार महासंघको इतिहासमै पहिलोपटक महिला अध्यक्षको रुपमा चुनिएकी छिन्न । नेपाल पत्रकार महासंघ इलाममा कोकिला ढकाल अध्यक्षको रुपमा चुनिएसंगै यस्तो इतिहास रचिएको हो । नेपाल पत्रकार महासंघ इलामको सपन्न भएको अधिवेसनमा उनी अध्यक्षको रुपमा चुनिएकी हुन् । उनी प्रेस चौतारी नेपाल, इलाम साखाकी अध्यक्ष समेत हुन् ।  

अध्यक्ष कोकिला ढकाल हाल राजधानी दैनिकको इलाम संवादाता, इलाम पोष्ट दैनिकको सहसम्पादक, इलाम आवाज साप्ताहिकको कार्यकारी सम्पादकको रुपमा कार्यरत छिन् । यसैगरी उनी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को इलाम जिल्ला प्रतिनिधि, र सञ्चारिका समूहको अध्यक्षको रुपमा समेत काम गरिरहेकी छिन् ।

यसो त इलामका दुइ छुट्टाछुट्टै अधिवेसन सम्पन्न भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले मिलेर एकातर्फ अधिवेसन गरेका छन् भने अर्कोतर्फ संघीय प्रेस फोरम र नेपाल प्रेस युनियन मिलेर अर्कोतर्फ अधिवेसन गरेका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: