×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्तालाई अर्को खुसीको खबर : अर्को सातादेखि बैंकको ब्याजदर घट्ने, बढ्न सुरु गरेको बजारले छलाङ मार्ने आशा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लगानीकर्तालाई अर्को खुसीको खबर : अर्को सातादेखि बैंकको ब्याजदर घट्ने, बढ्न सुरु गरेको बजारले छलाङ मार्ने आशा

Artha Sarokar

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – अनलाइन ट्रेडिङ सिष्टम ल्याउने प्रक्रिया सुरु भएको खबरले उत्साहित भएका लगानीकर्तालाई अर्को खुसीको खबर छ । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले बैंकको ब्याजदर अर्को साताबाट घट्ने बताएका छन् । बैंकर्स संघले आयोजना गरेको एक कार्यक्रममा शाहले यस्तो बताएका हुन् । 
‘अब ब्याजदरमा स्थायित्व आउँछ । अहिले बैंकसँग निक्षेपकर्तालाई फिर्ता गर्ने पैसा अभाव छैन तर कर्जा दिने पैसा चाहिं छैन । 
कर्जा दिने पैसा नहुँदा कर्जा-पूँजी-निक्षेप अनुपात ८० प्रतिशत माथि पुगेकाले त्यसलाई घटाउन निक्षेपको ब्याज बढाउनु परेको हो । प्रतिस्पर्धाले ब्याजदर १३/१४ प्रतिशतसम्म पुग्यो । अब हामी कर्जा विस्तारलाई रोक्छौं। यसले ब्याजदर अब बढ्दैन । मलाई लाग्छ अर्को साताबाट क्रमश घट्दै जान्छ।’ उनले भने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी