×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ सय ८६ कर्मचारी आवश्यक

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ माघ २०७३, शुक्रबार

PRIME CA
laxmi sunrise bank

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ सय ८६ कर्मचारी आवश्यक

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ३ सय ८६ जना कर्मचारी आवश्यक हुने प्रक्षेपण नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । प्राधिकरणको प्रारम्भिक अध्ययनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालन गर्ने हो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ८६ जना कर्मचारी आवश्यक हुने देखाएको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । ‘प्राधिकरणले आन्तरिक रूपमा कर्मचारी व्यवस्थापनको समेत तयारी थालिसकेको छ,’ उनले भने ।

विमानस्थल आयोजना प्रमुख ओम शर्माका अनुसार अहिले विमानस्थल सञ्चालन गर्न आवश्यक कर्मचारीको खाका बनाउने काम जारी छ । यसअनुसार ४ सय हाराहारी कर्मचारी आवश्यक रहने अनुमान गरिएको छ । ‘सन् २०१८ मा विमानस्थलको भौतिक संरचना निर्माण सम्पन्न भइसक्दा कर्मचारीसमेत तयारी अवस्थामा राख्नु आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि अहिले प्रारम्भिक काम सुरु भइसकेको छ ।’
टिआइएमा प्राधिकरणका करिब ४ सय कर्मचारी
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राधिकरणका करिब ४ सय कर्मचारी कार्यरत छन् । तर, विमानस्थलभित्र सक्रिय सबै निकाय (सेवाप्रदायक, सुरक्षा निकाय, भन्सारलगायत)का कर्मचारीको संख्या भने २ हजार ५ सय हाराहारी पुग्ने प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘विमानस्थलमा दर्जनौँ निकायका कर्मचारी कुल तीन सिफ्टमा काम गर्छन्,’ उनले भने, ‘सबै जोड्दा एउटा विमानस्थलले हजारौँ कर्मचारीलाई रोजगारीको अवसर सिर्जना गर्छ ।’

भौतिक प्रगति २९ प्रतिशत
१ माघ २०७१ मा शिलान्यास गरिएको यो विमानस्थलको निर्माण कार्य डिसेम्बर २०१७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, अहिलेसम्मको प्रगतिका आधारमा लक्ष्यबमोजिम समयमै सम्पन्न गर्ने अवस्था नरहेको आयोजना प्रमुख शर्माले जानकारी दिए । ‘सन् २०१६ सम्म ४० प्रतिशत भौतिक प्रगतिको लक्ष्य थियो,’ उनले भने, ‘तर अहिलेसम्म करिब २८÷२९ प्रतिशत काम सकिएको छ । भूकम्पपछि उत्पन्न विविध परिस्थितिले यस विमानस्थल निर्माणमा ढिलाइ गरेको उनले जानकारी दिए । त्यसमा केही समय वन क्षेत्रमा आधारित निर्माण सामग्रीको अभाव पनि यस आयोजनाले व्यहोरेको थियो । विगत एक महिनायता भने स्थानीय निकायको सहयोगमा निर्माण सामग्री नियमित उपलब्ध भइरहेको आयोजना प्रमुख शर्माले जानकारी दिए ।
चालू आवमा ५० प्रतिशत प्रगतिको अनुमान
सन् २०१६ को लक्ष्य भेट्न नसके पनि चालू आर्थिक वर्ष ०७३-७४ भित्र भौतिक प्रगति ५० प्रतिशत पु¥याउनेगरी काम भइरहेको आयोजनाको भनाइ छ । नेपालमा सञ्चालिन राष्ट्रिय गौरवका आयोजनामध्ये गौतम बुद्ध विमानस्थलको प्रगतिलाई निकै राम्रो मानिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: