×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जलविद्युत क्षेत्रको वर्तमान, चुनौती र लगानी अवसर बारे बुझ्न तपाईंपनि शनिबार आउने कि ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ फाल्गुन २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

जलविद्युत क्षेत्रको वर्तमान, चुनौती र लगानी अवसर बारे बुझ्न तपाईंपनि शनिबार आउने कि ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – जलविद्युत क्षेत्रको वर्तमान अवस्था, चुनौती र लगानी अवसर, (प्रमोटर सेयरदेखि दोश्रो बजारसम्म) विषयक एक विशेष ‘वर्कशप’को आयोजना हुने भएको छ । उक्त कार्यक्रममा शक्ति सेग्देलले तालिम दिने बताइएको छ । नेप्सेसंसार र थ्री एस इन्भेष्टमेन्टको आयोजनामा सम्पन्न हुन लागेको उक्त कार्यक्रम यहि फाल्गुन ७ गते शनिबारको दिन सम्पन्न हुने बताइएको छ ।
लगानीकर्ता छलफल घर, भक्तपुरमा आयोजना हुन लागिएको कार्यक्रम विहान ११ बजेदेखि सुरु हुनेछ । ‘कार्यक्रममा जलविद्युत क्षेत्रमा वर्तमान अवस्था, चुनौती र लगानी अवसरबारे विशेष चर्चा हुनेछ । तालिमकर्ता शक्ति सिग्देलले यस विषयमा विशेष तालिम दिनुहुनेछ ।’ थ्री एस इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष राज बजगाईंले अर्थ सरोकार डटकमसँग भने ।
उक्त कार्यक्रममा धीतोपत्र डटकमले प्राविधिक सहयोग गरेको छ भने अर्थ सरोकार डटकम मिडिया पार्टनरको रुपमा रहेको छ ।  कार्यक्रममा प्रवेश निशुल्क छ ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: