×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा सामाजिक स्वास्थ्य सुरक्षा ‘स्वास्थ्य विमा’ कार्यक्रम सुरु हुने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवनमा सामाजिक स्वास्थ्य सुरक्षा ‘स्वास्थ्य विमा’ कार्यक्रम सुरु हुने

४ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ –  चितवनमा पनि सामाजिक स्वास्थ्य सुरक्षा ‘स्वास्थ्य विमा’ कार्यक्रम सुरु हुने भएको छ । आगामी चैत्र १ गतेदेखि स्वास्थ्य विमा कार्यक्रमका लागि सदस्यता वितरण गरिने भएको हो । नेपाल सरकार अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले भरतपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराइएको हो । 
नेपाल सरकारले आर्थिक वर्ष २०७२/७३ बाट स्वास्थ्य विमा कार्यक्रम शुरु गरेको हो । पाँच जनासम्मको परिवारले वार्षिक दुई हजार पाँच सय रुपैयाँ तिरेपछि वार्षिक रुपमा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा निशुल्क रुपमा पाइने छ ।हालसम्म मुलुकका आठ वटा जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सुरु भइसेकेको र अब चितवन, झापा, तनहूँ, गोरखा, भक्तपुरमा स्वास्थ्य कार्यक्रम लागू गरिने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति का कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनीले बताए ।
 चितवन सहितका पाँच जिल्लामा आगामी चैत्र १ गतेदेखि सदस्यता वितरण कार्य शुरु गरिने डाक्टर लोहनीले जानकारी दिए । सदस्यता निर्माण पश्चात चितवनमा आगामी जेष्ठ १ गतेदेखि स्वास्थ्य विमा कार्यक्रम शुरु हुने लोहनीको भनाइ छ । स्वास्थ्य विमा कार्यक्रमबाट चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर आँखा अस्पतालबाट सेवा पाउने बताइएको छ ।
 चालु आर्थिक वर्ष २०७३/७४ मा सरकारले २५ जिल्लामा कार्यक्रम पु¥याउने लक्ष्य लिएको डाक्टर लोहनीको भनाइ छ । कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रुद्र प्रसाद मरासिनीले सरकारले ल्याएको कार्यक्रम निकै चुनौतीपुर्ण रहेको बताए । आगामी जेठ १ गतेबाट सेवा सञ्चालन गराउन भरतपुर अस्पताल तयार रहेको डाक्टर मरानिनीको भनाइ छ । औषधि र रोग उपचारको मूल्य सबै सेवा दिने अस्पतालमा एकै हुनुपर्ने डाक्टर मरासिनीले बताए ।
स्वास्थ्यकर्मी आन्दोलनमा 
उता, स्वास्थ्य सेवा ऐन कार्यन्वयनको माग गर्दै चितवनमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । स्वास्थ्य सेवा ऐनको दफा ९ ख कार्यान्वयन तथा व्यवस्थापनमा सरकार उदाशिन भएको भन्दै संयुक्त टे«ड युनियन संघर्ष समिति चितवनले आन्दोलन थालेको छ । संघर्ष समितिले आन्दोलन कार्यक्रम अन्तर्गत आजदेखि आकस्मिक सेवा बाहेकका सम्पुर्ण कार्यक्रमहरु बहिष्कार गरेको छ ।
 नेपाल स्वास्थ्यकर्मी युनियन चितवन
नेपाल स्वास्थ्यकर्मी संघ चितवन , नेपाल स्वास्थ्य प्राबिधिक संघ चितवन, अखिल नेपाल प्रगतिशिल स्वास्थ्य कर्मी संगठन चितवन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र संयुक्त ट्रेड नियन संघर्ष समिती चितवनले संयुक्त रुपमा बिज्ञप्ती जारी गदै आन्दोलनको घोषणा गरेका हुन् । स्वास्थ्य सेवा ऐनको दफा ९ ख लाई स्वास्थ्य मन्त्रालयले छलफलका लागि मन्त्रीपरिषदमा लैजाने आश्वासन दिएको भए पनि नलगे पछि आफूहरुले बाध्यताबश आन्दोल गर्नुपरेको संयुक्त ट्रेड युनियन संघर्ष समिती चितवनका संयोजक इन्द्रलाल न्यौपानेले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: