
- नवराज घिमिरे , सेयर लगानीकर्ता
” सेयर वजारका लगानीकर्ता मित्रहरु लाई मेरो महत्वपूर्ण टिप्स, यो कुरा पढ्नु भयो भने एकमुठी सास रहुन्जेल सेयर बेच्नुहुन्न”
सेयर बजारमा चौका थाप्न आउनु भएका तपाई नयाँ, तथा अल्पकालीन लगानीकर्ताहरुमा अहिले के गर्ने भन्ने चिन्ताले सताएको हुनसक्छ !!!! तपाँईहरु लाई मेरो सानो सुझाव: बजार २९२ मा पनि झर्न सक्छ , (जो २०६७ सालमा झरेको थियो ) तपाईंहरु जतिमा बिक्री हुन्छ बेचेर निस्किनु राम्रो हुन्छ । बरु पछि वजार वढदै गएर २००० माथि पुग्छ अनि पून: च्याखे थाप्न आउनुहोला ।
दिर्घकालिन लगानीकर्ताले भने किन अात्तिनु ? कम्पनी हरुको कमाई समग्रमा ५०% ले बढ्दैछ । केहि दिनमा तरलता समस्या हटनेछ । नेपाल लाईफको FPO को करिव ५२ अर्व रुपैयाँ वैंकिड: च्यानलमा आई रहेको छ । समयमै वजेट ल्याए पनि १०% पनि वजेट खर्च गर्न नसक्ने सरकार यो इतिहासमै पहिलो हो, के यहि सरकार सधै रहिरहला ? सरकारको आयू अव कति छ ? त्यो पनि विचार गर्नुस ? अर्को आउने सरकार वजेट खर्च गर्न यति उदासिन होला ? के अव आउने सरकारले चुनावको मिति घोषणा न गर्ला ? अव अनलाईन ट्रेडिड:को कुरा SEBON & NEPSE ले रोकेर रोकिएला ?
तपाईनै भन्नुस ४१ वटा व्रोकर ताम्लो काम्लो वोकेर भ्यालि वाहिर हिडे की हिडेनन ? तपाईंको डिम्याट खाता भएको सेयर संख्या आपसे आप घटेर जाला ? कि तपाँईले किनेको १०० कित्ता सेयर वाट घटेर ५० कित्ता भएको छ ? वजार घटदैमा के प्रलय भो र ? खोई लगानी गर्ने अन्य क्षेत्र ? भूकम्प र अघोषित नाकावन्दी थेग्न सक्ने बजारमा के प्रलय हुदैछ त अहिले ? एक दशकमै सबैभन्दा बढी अार्थिक बृध्दी हुदैछ । तपाईले लगानी गरेका सवै कंम्पनीको Second Quater यसै महिना भित्र आउदैछ ।
त्यसैले तपाई सेयर वजारमा दरिन चाहनुहुन्छ भने न आत्तिनु , न मात्तिनु र न पात्तिनुस विश्वका १० जना अर्वपतिको सुचि हेर्नुहुन्छ भने ८ जना अर्वपति सेयर वजारवाटै वनेका हुन त्यसैले “धैर्य” गरौ सवै ठिक भएर जानेछ । त्यसपछि तपाईले “उत्तानो प्रसाद” र “हरियाली माईलो” यि कसैको कुरा सुन्न पर्दैन । सवैको जय होस सवैको भलो होस ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्