
- नवराज घिमिरे, सेयर लगानीकर्ता एवं विश्लेषक
२०७२ वैशाष १२ गते गएको महाभूकम्पको बहानामा सेयर बजारमा अस्वभाविक चलखेल गरी सेयर मुल्य तल झार्ने खेल सुरु हुन लागेको आशंका बढिरहेको बेला अर्थ मन्त्रालयले ‘बास्केट फण्ड’को अवधारण अघि सारेको थियो ।
अर्थ मन्त्रालयको निर्देशनमा नागरिक लगानी कोषको अगुवाईमा ६ अर्ब रकम बराबरको बास्केट फण्ड तयार गरी बजारमा लगानी गर्ने तयारी भईरहेको थियो । सरकारले बास्केट फण्को व्यवस्था गरेको व्यहोरा सार्वजनिक गर्ना साथ मेनुपुलेसन गरी वजारमा हालिमुहाली गर्ने तत्व केहि हदसम्म हच्केका थिए ।
भुकम्पका कारण खर्बौ रुपैयाँ बराबरको क्षति भएको थियो । त्यसले सेयर बजारमा अस्वभाविक गिरावट नआओस भनेर अर्थ मन्त्रालयले सरकारी संस्थानहरुलाई निर्देशन दिएपछि फण्ड तयार भएको हो । फण्डमा नागरिक लगानी कोष, कर्मचारी स्ंचय कोष, बिमा संस्थान, नेपाल टेलिकम लगायतका संस्थाबाट पूँजी संकलन भएको थियो ।
बजारको अवस्था अनुसार संथागत लगानीकर्ताले जुनसुकै समयमा पनि सेयर खरिद बिक्री गर्ने अवस्था आउने भएकाले तयारी अवस्थामा रहन अर्थ मन्त्रालयले निर्देशन दिएको जानकारी तात्कालिक धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले विज्ञप्ति मार्फत सार्वजनिक गराई राख्नुहुन्थ्यो ।
फण्डका लागि नेपाल धितोपत्र बोर्डको संयोजकत्वमा नेप्से, नागरिक लगानी कोष र संचय कोषका प्रतिनिधिहरु रहेको समिति समेत गठन भईसकेको थियो । तर यस फण्ड मार्फत तत्कालै सेयर खरिद गर्नेभन्दापनि बजारको आबश्यकता अनुसार मात्र सेयर खरिद गर्ने रणनीति बनाईदै गरेको जनाईएको छ ।
तात्कालिन समयलाई दृष्टिगत गरी आजको यो विषम परिस्थितीमा आजै बस्ने मन्त्री परिषद्को वैठकमा अर्थमन्त्री कृष्ण बहादुर महराज्यूले बास्केट फण्डको अवधारणा सार्वजनिक गर्ने हो भने केहि हप्ता देखि पूँजी बजारमा गैइरहेको ‘पहिरो’ वा भनौ ‘मेनुपुलेसन’ रोकिने छ ।
अर्थतन्त्रकै मेरुदण्डको रुपमा रहेको पूँजी वजारलाई यदि अर्थमन्त्रीज्यूले यो कदम उठाउन मसक्क आट गर्ने हो भने पूँजी वजारको पहिरो रोकिनुको साथै अर्थमन्त्रीज्यूको उचाई उर्जामन्त्री जनार्दन शर्मा ज्यूकोभन्दा कम हुने छैन । यो कुरा ठोकुवाका साथ भन्न सकिन्छ !
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्