
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल प्रहरीमा जागिर खान इच्छुक हुनुहुन्छ रु नेपाल प्रहरीले विभिन्न पदमा एकै पटक २ हजार ६ सय ७८ जनाका लागि भर्ना आवेदन खुला गरेको छ ।
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग भर्ना तथा छनोट शाखाले जारी गरेको सूचना अनुसार प्राविधिक समूह तर्फ एक हजार ३३ र जनपद प्रहरी तर्फ १६ सय ४५ जना प्रहरी जवानका लागि आवेदन खुला गरेको हो ।
जस अन्तर्गत प्रविधिक समूहमा मेकानिकल इन्जिनियर तथा सवारी ९६, मेकानिकल विपद व्यवस्थापन १८, स्वास्थ्य २५, सञ्चार ७१८, संगीत ६१, आवास तथा भौतिक इन्जिनियरिङ २२, सूचना प्रविधि(कम्प्यूटर १७, कुकुर स्कुल ५३, विधि विज्ञान १८, हातहतियार ९आरमर० ५ जना माग गरिएको छ । त्यस्तै जनपद समूहतर्फ १६ सय ४५ जनाका लागि आवेदन माग गरिएको छ ।
उल्लेखित पदका लागि आवश्यक योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्ने छन् । सबै समूहमा खुल्लाका साथै आदिवासी÷जनजाती, मधेसी, महिला, दलित र पिछडिएको क्षेत्रले आवेदन दिन सक्ने छन् । इच्छुक हरुले खुला गरिएको पदमा फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको र बहालवाला श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम ४० बमोजिम २५ वर्ष ननाघेको हुनु पर्नेछ ।
दरखास्त फारामसाथ राजश्व दस्तुर वापत रु।१०० ९एक सय० बुझाउनु पर्नेछ । साथै एक भन्दा बढी समावेशी समुहमा दरखास्त दिने उम्मेदवारहरुको हकमा प्रत्येक समुहको लागि २० प्रतिशत ९रु।२०० का दरले थप दस्तुर लाग्नेछ ।
दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरुः–
क) नेपाली नागरिकताको प्रतिलिपि १९एक० प्रति ।
ख) हाल सालै खिचेको दुवै कान देखिने पासपोर्ट साइजको फोटो ५ ९पाँच० प्रति ।
ग) आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि १÷१ ९एक÷एक० प्रति ।
घ) आदिवासी÷जनजातिका लागि नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी जनजाति भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
ङ) दलितका लागि राष्ट्रिय दलित आयोगवाट दलित भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
च) मधेसीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारीसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको प्रमाण पत्रकोप्रतिलिपि ।
छ) पिछडिएको क्षेत्रका लागि ९अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला० जिल्लामा स्थायी बसोवास गरी सम्बन्धित जिल्लाबाट नै नागरिकताको प्रमाण पत्र प्राप्त गरेको तथा सम्बन्धित गाँउ विकास समिति वा नगरपालिकाबाट दरखास्त पेश गर्दाका वखतसम्म सोही स्थानमा स्थायी बसोवास भएको भन्ने सिफारिस गरिएको । स्थायी वसोवास भएको जिल्ला बाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा नागरिकता
जारी भएको जिल्ला प्रशासन कार्यालयबाट सो गर्नु पर्नाको कारण उल्लेख भएको पत्र लिएकोहुनुपर्नेछ ।
ज) अमर÷अशक्त प्रहरी परिवारको लागि अमर÷अशक्त भएको कुरा पुष्टि हुने कागजपत्र र नाताप्रमाणित कागजपत्र ।
झ) दरखास्त फाराम सँग संलग्न गरी पेश गर्ने कागजातहरुको प्रतिलिपिको पछाडिपट्टि सक्कल बमोजिम नक्कल ठिक छ भनि उम्मेदवार स्वयंले दस्तखत गर्नु पर्नेछ ।
आवश्यक योग्यता


जनपदको लागि आवश्यक पर्ने योग्यता
ज्ञ) शैक्षिक योग्यताः– कम्तीमा ८ (आठ)कक्षा वा सो सरह उत्तीर्ण गरेको ।
द्द) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजायँ नपाएको,
घ) राजनीतिक दलको सदस्य नरहेको,
द्ध) आतङ्ककारी संगठनको सदस्य नरहेको ।
छ) भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको ।
ट) उचाई, छाती र तौलः
(क) पुरुष– उचाई घटीमा ५ फिट २ ईन्च, छाती ३१–३३, तौल कम्तीमा ५० के।जी।
(ख) महिला– उचाई घटीमा ५ फिट, तौल कम्तीमा ४२ के।जी।
ठ) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।
ड) नेपाली नागरिक ।
दरखास्त फाराम पाइने र बुझाउने स्थानहरुः–
महानगरीय प्रहरी परिसरहरु काठमाण्डौं, भक्तपुर र ललितपुर ।
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर ।
मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुली ।
पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल ।
मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंज ।
सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायल ।
जिल्ला प्रहरी कार्यालयहरु सबै ९७२० ।
थप जानकरीको लागि नेपाल प्रहरीको वेवसाइट www.nepalpolice.gov.np हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्