
- अर्थ सरोकार सम्बाददाता
इलाम – नेपाल पत्रकार महासंघ इलाम साखा नै दुइ चिरामा विभाजित भएको छ । विभाजित भएपछि नेपाल पत्रकार महासंघ इलाम शाखाको दशौं अधिवेशन छुट्टाछुट्टै दुई स्थानमा आयोजना गरिएको छ । स्वनेपाल प्रेस युनियन र संघीय प्रेस फोरम आबद्ध नेपाल पत्रकार महासंघ इलाम शाखा सदस्यहरुको शनिबार सम्पन्न भेलाले युवराज भट्टराई ‘विप्लव’ को अध्यक्षतामा समिति गठन गरेको छ भने प्रेस चौतारी र प्रेस सेन्टरआबद्ध पत्रकार महासंघका सदस्यहरुको भेलाले आइतबार समिति गठन गर्ने तयारी गरिरहेको बुझिएको छ ।
विप्लब भट्टराईको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा गणेश घिमिरे र बन्दना राई, सचिवमा टीका खतिवडा, सहसचिवमा दिनेश सुवेदी , वेदमाया मुखिया (सोनु) र कोषाध्यक्षमा प्रेम अधिकारी रहेका छन् । महिला सदस्यमा सुजता सुनुवार र जनजाति सदस्यमा सुप्रिया श्रेष्ठ रहेका छन् । यसैगरि सदस्यमा सोमनाथ सुसेली, विजयशेखर भट्टराई, तोयानाथ भट्टराई, प्रभाकर प्रधान, सुदिप श्रेष्ठ र ठोमनाथ तिम्सिना रहेका छन् ।
यीमध्ये सबैजसोनै इलामका कहलिएकै पत्रकारका रुपमा चिनिन्छन् भने तोयानाथ भट्टराइ भने पत्रकार थर्काउने मिडिया मालिककहाँ काम गरेर पत्रकार संगठनकै अध्यक्ष भएको भन्दै विवादमा तानिएका पत्रकार हुन् । उनलाई सदस्यमै राख्न पनि संगठनभित्रै केहि विवाद भएपनि प्रेस युनियनको जिम्मेवार पदमा रहेको भन्दै राखिएको पत्रकारहरु बताउँछन् ।
यता नेपाल प्रेस युनियन रे संघीय प्रेस फोरम मिलेर सम्पन्न गरेको छुट्टै अधिवेसनबाट केन्द्रिय पार्षंदहरुमा सुवास गुरागाई, धर्मराज शर्मा (धड्कन), कुवेर निरौला, दिपकराज शर्मा, हरिप्रसाद लुइटेल, होम ढकाल, लोकेन थेवे, मौषम बस्नेत, ठाकुर नेपाल, जीवन शर्मा, युवराज गौतम, उर्मिला सुवेदी, राम योङहाङ, माधव घिमिरे चयन भएका छन् । यसैगरि प्रदेश पार्षदमा गगन घिमिरे, देवीप्रसाद अधिकारी, कृष्णकला खतिवडा, गोविन्द पौडेल, गोविन्द मिश्र, सविता पाण्डे, रेश्मा अधिकारी, टंक खनाल, सरस्वती लिम्बु, नुतन रञ्जितकार, रञ्जन घिमिरे (राजु), दुर्गाभवानी पोख्रेल, सुवास भट्टराई, सरोज कटुवाल, राजिव न्यौपाने, सरोज खतिवडा, कमला थापा र मिना खतिवडा रहेका चयन भएको इलामबाट पत्रकार सोम सुसेलीले अर्थ सरोकार डटकमलाई जानकारी गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्