×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जावलाखेलमा सडक खन्दा पैसाकाे भाँडो भेटियो, टिप्नेकाे घुँइचाे, प्रहरी बन्यो रमिते !

PRIME CA

जावलाखेलमा सडक खन्दा पैसाकाे भाँडो भेटियो, टिप्नेकाे घुँइचाे, प्रहरी बन्यो रमिते !

२५ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
जावलाखेलस्थित महानगरीय प्रहरी परिसर कार्यालयकै अगाडि एउटा डोजर चलिरहेका बेला पैसाकाे भाँडाे भेटिएको छ । खानेपानीको
पाइप विच्छ्याउन प्रहरी कार्यालय अगाडि सोमबारबाट सडक खन्न थालिएको थियो ।
त्यसक्रममा माटोमुनि गाडिएको पैसाको भाँडो भेटिएकाे हाे ।
स्थानीयले
बताए अनुसार माटोको भाँडामा राखेर गाडिएका पुराना सिक्काहरु (गाडधन)
स्थानीयले लगे । प्रहरीहरु यसमा रमिते बनेर बसे । सडकमा भेटिएको रहल-पहल
पैसा खोज्न त्यहाँ सोमबारदेखि नै मानिसहरु भिडिरहेका छन् । प्रहरीले रमिता
हेरिरहेकै छ । सोमबार पैसाकेा भाँडो नै भेटिएको थियो, जुन त्यहाँ जम्मा भएका स्थानीयले लगेका छन् ।
मंगलबार
पनि खन्ने क्रममा केही पैसा भेटिएको छ । त्यही भएर मानिसहरु त्यहाँ
कुखुराले जसरी माटो खोसि्ररहेका थिए । केहीले सिक्का भेट्टाएका पनि छन् ।
भेटिएको सिक्का हेर्दा निकै पुराना जस्ता देखिए पनि खिया लागेका कारण
त्यसमा लेखिएको केही बुझ्न सक्ने अवस्था छैन ।
ललितपुरका
प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले माटोमुनि सिक्का भेटिएको पुष्टि गरेका
छन् । तर प्रहरीकै अगाडि भेटिएको पुरातात्विक सामाग्री प्रशासनको हातमा
पुग्यो कि स्थानीयले लगे भन्नेबारे भने प्रष्ट हुन सकेकाे छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: