Skip to content
LAXMI SUNRISE BANK

आर्थिक पत्रकारहरुलाई रमेश केसीको खुलापत्र : यी दुइ कुरा मेरा च्यालेन्ज भए

अर्थ सरोकार


तिलक कोइराला, सुरज प्याकुरेल,  सुदर्शन सापकोटा,  दीपक दाहाल लगायतका बरिष्ट आर्थिक पत्रकार सरहरुलाई खुलापत्र 
प्रिय आर्थिक पत्रकार बन्धुहरु,
तपाईंहरुले विभिन्न अनलाइन तथा प्रिन्ट मिडियामा प्रस्तुत गरेका समाचारहरु हेर्दे अाइरहेका छौ । कतिपय समाचारहरु केही तथ्यसंगत र  विश्लेषणयुक्त भएपनि धेरै जसो समाचारहरु लगानिकर्तालाई कि त उल्याउने कि त तर्साउने, कि कसैको खेदो खन्ने, कि फोकट प्रशंसा गर्ने सिवाय केहि नहुने गरेको महसुस गरेका छौ । 
तपाईंहरुलाई आज यो पत्रमार्फत निम्न लिखित कुराहरुको च्यालेन्ज गर्दछु । यदी व्यावसायिक पत्रकार हुनुहुन्छ भने पत्रकारिताको धर्म पूरा गरी सबैको मन जित्नुहुन्छ भन्ने ठानेको छु । 
१ सेबोन प्रमुख, नेप्से प्रमुख, राष्ट्र बैंकका गभर्नर अनि निकायका उच्च पदस्त अधिकारीहरुको कुनैपनि NEPSE मा सुचिक्रित कम्पनिको शेयर छ होला कि नाइ ? अनि शेयर दलालहरुको के होला ? कि साला ,साली, जेठिसासु , मामा भान्जा ,भान्जी को नाममा पो कारोबार गरिरहेका छन कि ? सक्नुहुन्छ खोजी पत्रकारिता गरेर पत्ता लगाउन ? 
२ अब कुनैपनि निश्चित कम्पनिको नीति निर्माण वा निर्णायक पदमा बस्नेहरुको पनि पत्ता लगाउनुस् ।
(रमेश केसीज्यूलाई धन्यवाद ! अर्थसरोकार डटकम नियमित हेर्नुहुन्छ भने यस सम्बन्धमा हाम्रो प्रयास हेरीनै रहनुभएको होला । हेर्दैरहनुहोला । तपाईंले उठाउनुभएका कुराहरु जायज छन् । हामी निरन्तर खोजीमै छौं। -सम्पादक )
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK