
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ट्यांकर चालकले हड्तालको तयारी गर्दा उपत्यकामा इन्धन आपुर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन आपुर्ति ठप्प पारेका चालकहरुले माग सुनुवाइ नभए फागुन १५ देखि हड्ताल गर्ने प्रचार गरेका छन् । हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन् । जसकारण प्रत्येक पम्पमा लाइन लामो भएको खबर आजको नयाँ पत्रिका दैनिकमा रहेको छ ।
आयल निगमले २० हजार लिटर तेल बोक्ने ट्यांकरमा तापक्रम नोक्सानी बापत ५० लिटर चुहावट हुने लक्ष्य निर्धारण गरेको छ । तर, सोभन्दा धेरै बढी तेल चुहावट हुन थालेपछि निगम सञ्चालक समितिले केही समयअघि २० हजार लिटरको ट्यांकरबाट दुई सय लिटरभन्दा बढी चुहावट भए प्रचलित मूल्यको दोब्बर हुन आउने रकम जरिवाना बापत असुल्ने नियम बनाएको थियो । चालकले सो नियम खारेज गर्न माग राखेर आन्दोलनमा उत्रिएका छन् ।
त्यस्तै, एक व्यक्तिले एउटा ट्यांकर खरिद गरेर पनि चलाउन पाउने प्रावधानलाई हटाएर आयल निगम सञ्चालक समितिले ट्यांकर व्यवसायी हुन कम्तीमा पाँच ट्यांकर हुनुपर्ने प्रावधान बनाएको छ ।
यस्तो नियमले थोरै व्यवसायीसँग धेरै ट्यांकर हुने र भाडामा लगाउन सजिलो हुने सञ्चालक समितिका एक सदस्यले बताए । तर, ट्यांकरचालकहरूले एउटै ट्यांकर किनेर चलाउन पाउनुपर्ने माग राख्दै आएका छन् । ट्यांकरचालक आफैँले ट्यांकर किनेर व्यवसायी बन्ने प्रचलन पछिल्लो समयमा बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्