
प्यारी भतिजी आशा !
भगवान श्री पशुपतिनाथले सधै तिम्रो रक्षा गरून। खोइ यो देशमा अरु कोहि कसैले रक्षा गर्दछन जस्तो नै लाग्न छोड्यो । काठमाडौ त आज भोलि झन धुवाँ र धुलोले आक्रान्त भएकोले म त केही समय गाउँमानै बस्ने निर्णय गरे । म संभवत यो दसैं अगाडि अर्थात मेलाम्चीको पानी नआए सम्म यो धुले काठमाडौ आउदिन होला ।
सायद अब बजारले पनि मेलम्चीको पानी नै खोजेको हो कि जस्तो लाग्न थाल्यो सेयर बजार बढी नै जोखिम हुने क्षेत्र हो । फेरि दुनियाँको कुनै पनि बजारमा सबैले सधै कमाउदैनन । धेरै मानिस रमाउने र थोरैले कमाउने ठाउँ हो पुजी बजार । तसर्थ यो समयमा पूंजी बजारको बारेमा राम्रो सैद्धान्तिक ज्ञान र ब्यबहारिक कुरा सिक । मेरा अनुभवका केहि सामन्य कुराहरु राखेको छु । मेरो अनुपस्थितीमा शेयर खरिद बिक्रि गर्दा अपनाउनु र मैले यस भन्दा अगाडि भनेका र तिमिले लिपिबद्द गरेका कुराहरु फेरि पनि एक पटक हेर्नु ।
१. हेर नानी, तिमिले सबै भन्दा पहिला बुझ्नु पर्ने कुरा भनेको सेयर बजारमा व्याज दरको ठुलो भुमिका हुन्छ । व्याज दरलाई दिमाखमा राखेर लगानी गर्नु, अन्यथा तिमी सेयर बजारमा सधै हार्ने छौ । जहिले पनि बैंकमा व्याज दर घटन थाल्यो भने सेयर किन्नु र बैंकमा व्याज दर वृद्धि भयो भने सेयर बेच्न थाल्नु । व्याज दरलाई कहिले जित्न नखोज्नु ,। यदि तिमिले व्याजको बिपरित दिशा तर्फ गयाै भने सधै तिम्रो हार हुने छ ।
२. अर्को कुरा घट्दो बजारमा साना लगानीकर्ताहरु सधै झुकिन्छन । ऊनीहरुले केही महिना अघिको मुल्य दाज्छन अनि भन्छन सेयर यहाँ सम्म घटीसक्यो अब यति सस्तोमा पाएपछि किन नकिन्ने ? भतिजी यस्तो काम कदापी नगर्नु । घट्दो बजारमा सेयर दिन प्रतिदिन सस्तो लाग्नु स्वभावीक हो तर वास्तवमा बियर बजारमा सेयर जहिले महङ्गो हुन्छ । यो कुरामा तिमिले ध्यान दिनु ।
३. रेसनल लगानीकर्ता बन्न खोज्नु ,सेयर बजारनै भनेर मरिहत्ते नगर्नु ,अहिले बजार भन्दा धेरै फाईदा फिक्स डिपोजिटमा छ ,त्यसैले पैसा लिएर १२-१४% मा हाल्दिनु । जब बजारले सकारात्मक अवसर दिन्छ तब बजार प्रवेश गर्नु । छोटो समयको लागि मुद्धती योजना लिनु ताकी सरकारले खर्च गर्न थाल्यो ,चुनावको माहोल बन्यो भने त्यो पैसा फेरि सेयर बजारमा हाल्नु ।
४. अहिलेको बजारमा आएको उच्च गिरावट बड्दो ब्याजदर र शेयर कर्जालाई निरुत्साहित गरिएको कारण हो । अझै बैक तथा बित्तीय संस्थामा धेरै पुजी थप्नु पर्ने अबस्था छ । बैंकको चुक्ता पुजी ८ अर्ब पुर्याउनु पर्ने अन्तिम अन्तिम समय अझै भयावह हुन्छ । ८ अर्बको असर अझै आउन बाकी छ , त्यो असर सकिएपछि मात्र बजार अर्को बुल उन्मुख हुन्छ । यो कुरा तिमिले कहिले नबिर्सनु ।
५. तिमिले एउटा गल्ती गरेकी छौ ,२०% लाभांशको लागि तिमी २००० को ईन्सुरेन्स किनेकी रहेछौ तर ३०० मा २०% बोनस दिने कम्पनी तर्फ तिम्रो आखा किन नगएको ? बियर बजारको साथी भनेको लाभांश हो । तिमिलाई शेयर खरिदको नसा नै छ भने पि ई १५ तल रहेका अनि लगातार ३ बर्ष नाफा बाडेका कम्पनी ३०० तल किन ।
६. आज देखिएको हरियालीबाट नहौसिनु । शेयर बजारले जहिले पनि लोभीहरुलाई यसरी नै आकर्षण गर्दछ । अनुभवी निस्किने र नयाँ फस्ने यस्तै समयमा हो ।
७. शेयरमा लगानी गर्नु पुर्ब बिगत लामो समय सम्म बजारलाई पेशा भनाएका र बजारमा सफल ब्यक्तिहरुसंग सल्लाह लिदै गर्नु ।
आजलाई यतिनै आशा ,अलिक उमेर भएछ कि क्या हो । त्यही भएर धेरै लेख्न गाह्रो भयो । तिम्रो बुवाले दुख गरि कमाएको सम्पत्ती हो,त्यसैले त्यो सम्पत्तिको सहि उपयोग गर्नु पनि तिम्रो कर्तव्य हो । राता रात धनी बन्ने सपना नदेख्नु । त्यति सजिलैसँग पैसा कमाइ भै हाल्ने भए हामी भन्दा धेरै बाठा अनि टाठा मानिस बसेको त्यो धुले काठमाडौका मानिसले सबै छोडेर त्यही मात्र काम गर्दथे । तिमिलाई थाहा छ कि छैन सबै भन्दा बलवान बाघले पनि आफू भन्दा कमजोर हरिणको सिकार गर्दा समेत हरिण नजिक नआएसम्म आफ्नो सिकार नजिक नआए सम्म पुरै धैर्यताका साथ बस्छ अनि सिकार नजिक आएपछि मात्र सिकार तर्फ कुद्छ र मात्र उदेश्यमा सफल हुन्छ । त्यसैले धेरै धैर्य गर । भोलिको असल अनि सफल लगानीकर्ता बन्नको लागि ।
तिम्रो सदा भलो चिताउने
काका
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्