×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से अब अनलाइन ट्रेडिङमा जाँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्से अब अनलाइन ट्रेडिङमा जाँदै

Artha Sarokar

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले अनलाइन ट्रेडिङमा तत्काल जाने निर्णय गरेको छ । नेप्सेको मंगलबार बसेको संचालक समितिको बैठकले तत्काल  नेप्सेलार्इ अनलाइन ट्रेडिङमा लैजाने निर्णय गरेको हो । २ वर्ष अगाडि नेप्सेले पुरानो सफ्टवेयर विस्थापन गरि नयाँ ल्याउन बोलपत्र आह्वान गरेको थियो  ।
बोलपत्र मार्फत भारतको ूइन्फिनिटी कम्प्युटर सोलुसनलेू नेप्सेको मापदण्ड अनुसार टेन्डर हात पार्यो । टेन्डर परेपछि  भारतीय कम्पनी ूइन्फिनिटी कम्प्युटर सोलुसनले ूनेपाली सफ्टवेयर कम्पनी वाईकोलाई साझेदार बनाएको थियो ।
२०७२ साल फागुनमा सफ्टवेयर कम्पनी  र नेप्से बीच १० देखि १४ महिनाभित्र काम सक्ने सम्झौता भएको थियो । पहिलो पटक नेपाली कम्पनीले नेपालकै लागि मात्रै यो सफ्टवेयर निर्माण गर्न लागेको र धितोपत्र बोर्डले भनेजस्तो अनुभव पनि नभएकोले  आफुसंग सम्झौता गरी काम गर्न नचाहेको भन्दै वाईकोले जिल्ला अदालतमा मुद्दा दायर गर्यो ।
जिल्ला अदालतले समझदारीमा काम अघि बढाउ भन्दै फैसला सुनाए पश्चात पुन वाईकोले पाटन उच्च अदालतमा मुद्धा हालेको थियो  । पछिल्लो समय पाटन उच्च अदालतले वाईकोको पक्षमा फैसला गरेपछि नेप्सेलाई अनलाइन ट्रेडिंग अगाडि बढाउन सजिलो भएको हो ।   
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी