
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी भएको छ ।
दुई जना युवाको समूहले बा २ च ५६५० नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् । गाडीमा रहेकी शिक्षाध्यक्ष त्रिपाठीलाई ओरालेर उनीहरुले आगजनी गरेका हुन् ।
त्रिपाठीका अनुसार स्ववियु चुनावलाई लिएर धेरै धम्की आउने गरेको थियो । त्यसैले बाटो परिर्वतन गरी हिड्ने क्रममा यूएन पार्क हुँदै कीर्तिपुर हिडेकी थिइन् ।
तर, यूएन पार्क अगाडि पुग्दा युवाहरुले बाटो छेकेर गाडीमा आगजनी गरेका छन् । ‘ढोका खोलेर तपाई बाहिर निस्कनुस् भन्यो र पाखुरा समातेर तान्यो र चालकलाई पनि बाहिर निकाल्यो’ उनले भनिन्, ‘आगो लगाएर उनी भागे ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्