
- प्रनिश थापा / अर्थ सरोकार डटकम
चितवन – सरकारले आज बुधबारदेखी राजधानीमा बीस बर्षे पुराना सवारी साधन सञ्चालनमा पुर्णतः रोक लगाएको छ । राजधानीमा प्रदूषण भएको भनी दस बर्ष अगाडि सरकारले हटाइएको भनिएको थोत्रा टेम्पुहरु आजसम्म चितवनमा विद्यार्थी र सर्वसाधारण यात्रु बोक्ने काममा संलग्न छन् । पुनः ती थोत्रा गाडी चितवनमा त भित्रिने होईन भन्दै सरोकारवाला सबै पक्ष एक हुनुपर्ने अवस्थामा आएको स्थानीय बताउँछन् ।
सरकारले तोकेको दुई वर्षको समयसीमा नाघ्नै लाग्दा पनि व्यावसायीले पुराना सवारी सडकबाट हटाउन अटेर गरिरहेका छन् । ‘यहाँ चल्ने पुराना गाडी हटाउने बारे हामीलाई केही जानकारी आएको छैन’, जानकारी आए लगत्तै यहाँ पनि थोत्रा गाडी हरुको प्रक्रिया पुर्याएरै हटाइन्छ चितवन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले भने । चितवनमा पनि २० वर्ष पुरानो गाडी रहेका छन् । तर, सरकारले पहिलो चरणमा काठमाडौंबाट २० वर्ष पुराना सवारी हटाएर अर्को चरणमा उपत्यका बाहिर त्यसको कार्यान्वयन सुरू गर्ने तयारी गरेको छ ।
यसले मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्छ । अब २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । र, अटेर गरेर गुडे ठूलो जरिवाना सहित कारबाहीको भागिदार हुनुपर्ने स्वयं चालकहरु बताउँछन् । पुराना सवारीको नामसारी पनि रोकिने र बिक्रीवितरण मा पनि प्रतिबन्ध लगाउनु पर्ने स्थानीय बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्