Skip to content
LAXMI SUNRISE BANK

बुधबार ८.६६ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६४७.६१ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५६ कम्पनीको १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब १४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालय उर्जा विकास कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK