×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्डप्रेसका प्लाटफर्ममा बनेका वेबसाइटहरु ह्याक हुने क्रम बढ्यो, आज अन्नपूर्ण पोष्ट भयो ह्याक !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वर्डप्रेसका प्लाटफर्ममा बनेका वेबसाइटहरु ह्याक हुने क्रम बढ्यो, आज अन्नपूर्ण पोष्ट भयो ह्याक !

१९ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – समाचार पोर्टलहरु ह्याक हुने क्रम बढेको छ । त्यसमाथि पनि वर्डप्रेसका प्लाटफर्ममा बनेका वेबसाइटहरु ह्याक हुने क्रम झन् बढेको छ । आज बिहिबारमात्रै नेपालको चर्चित मिडिया अन्नपुर्ण पोष्टको वेबसाइट समेत ह्याक भएको छ ।
प्रविधिविज्ञका अनुसार कतिपय सर्भरहरु नै ह्याक भएका छन् भने वर्डप्रेसको पुरानो भर्सनमा रहेका लाखौ वेबसाइटहरु ह्याक भइरहेका छन् । अन्नपुर्ण मिडियाको वेबसाइट कसरी, कसले र के कारण ह्याक भएको भन्ने कुरा जानकारीमा नआएपनि बिहिवार बेलुकी वेबसाइट ह्याक भएको देखिएको छ । यो वेबसाइट पछिल्लो समय सफ्टनेपले निर्माण गरेको थियो ।
वर्डप्रेसका प्लाटफर्ममा बनेका वेबसाइटहरुमा सेकुरिटी समस्या छ । आफ्नै सीएमएस बनाएर साइटलाई सुरक्षित गर्नु राम्रो हुन्छ ।’ कम्प्युटर इन्जिनियर सुमन सिग्देलले अर्थ सरोकार डटकमसँग भने । केहि समय अघि नेपालकै एक १७  बर्षे युवा विकास पौडेललाइ  २०० बढी वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरि केहि महिना थुनामा राखिएको थियो । सो घटनाको बारे निकै समाचार लेखेका समाचार पोर्टलहरु आफ्नै साइटमा ध्यान नदिंदा यस्तो समस्या आएको विज्ञहरुको भनाइ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: