×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारतका असुरक्षित गाडी चढ्छन् यी नेता !

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विश्वभरका कारहरुको सुरक्षाको मापदण्ड मापन गर्ने संस्था ग्लोबल एनक्याप (नयाँ कार मुल्यांकलन कार्यक्रम)ले ‘असुरक्षित’ भन्दै ‘जिरो स्टार’ दिएको ‘महेन्द्रा स्कोरपियो’कारहरु नेपालका केहि प्रतिष्ठित नेताहरुले चढ्ने गरेको खुलासा भएको छ । 
उक्त गाडी असुरक्षित भएको प्रतिवेदन सार्वजनिक भएपछी भारतका कतिपय स्थानहरुमा प्रतिबन्धित छ भने भारतका नेताहरुले यो गाडी असुरक्षित छ भन्ने प्रतिवेदन सार्वजनिक भएपछि चढ्न छाडेका थिए । यसो यो गाडीबारे यस्तो डरलाग्दो तथ्य सार्वजनिक नहुञ्जेलसम्म भएका गाडी दुर्घटनाका भारतीय तथ्यांक हेर्ने हो भने अधिकांस दुर्घटना यहि गाडीमा भएको देखिन्छ । नेपालमा कुन गाडीमा दुर्घटना भएको हो भन्ने बारे सार्वजनिक गर्ने गरिएको छैन । 

कुन कुन नेताले चढ्छन् भारतको असुरक्षित गाडी ?
याँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एनक्यापले असुरक्षित भनेको यहि गाडी चढ्दै आएका छन् । आफू प्रधानमन्त्रीमा निर्वाचित भएको समयमा नेपालमै बनेको मुस्ताङ म्याक्स चढेका थिए भट्टराइले पछी यो असुरक्षित गाडी चढेका थिए । भारतीय कुराहरुमा बढी चासो राख्ने भन्ने आरोप लागेका नेता भट्टराइलाइ यसबारे भने थाहा नभएको बुझिएको छ ।
एमाले वरिष्ठ नेता माधव नेपाल पनि यहि असुरक्षित गाडीमा चढ्ने गरेका छन् । माधव नेपाल निकट स्रोतले बताएअनुसार उनले सेतो रङ्गको स्कोरपीओ चढेको धेरै बितिसकेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामभन्द्र पौडेलपनि सेतो रंगको यहि असुरक्षित गाडी चढ्दै आएका छन् । 
अचम्म लाग्दो कुरा त के हो भने सरकारले संसदीय समितिका सभापतिहरुलाई पनि यही असुरक्षित गाडी उपलब्ध गराउँदै आएको छ । यी गाडी उपलब्ध गराउने सन्दर्भमा यो गाडीको भारतीय एजेन्ट र नेपालको आधिकारिक विक्रेता अग्नि अग्नि इन्टरकर्पाेटेड प्रालिले मिलेर मोटो कमिसन खाएको स्रोतको आरोप छ । एमाले युवा नेता रविन्द्र अधिकारी पनि यस्तै असुरक्षित गाडी चढ्छन् । 
कांग्रेसका पुराना नेता कुल बहादुर गुरुङ पनि सेतो रङको स्कोरपीओमा चढ्दै आएका छन् भने स्वास्थ्यमन्त्री गगन थापाले पनि यहि असुरक्षित गाडी चढ्दै आएका छन् । यता नेता उपेन्द्र यादव लगायतका केहि मधेशी नेताले पनि यहि गाडी चढ्दै आएका छन् ।

यो पनि पढ्नुहोस् :
सोझा नेपालीलाई मृत्युसँग खेलाउँदै अग्नि इन्टरकर्पाेटेड प्रालि, भारतका खतरनाक ‘गाडी’ नेपालमा धमाधम विक्री !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हुन त उखानै छ, ‘नेपालको कानुन, देव नै जानुन । ‘यहाँ जसले जे गरेपनि हुन्छ । बस् बुझ्नु पर्नेले बुझेन भने सकियो । खुलेआम ठग्न पाइन्छ ।’ भन्ने शैलीमा नेपाली सोझा जनतालाई वेककुफ बनाएर भारतमा खतरनाक भनिएका गाडीहरु खुलेआम विक्री भइरहेका छन् । यसरी नेपाली जनताको सोझोपनको फाइदा उठाएर नेपालमा गाडी विक्री गरिरहेको एक कम्पनी अग्नि इन्टरकर्पाेटेड प्रालिले नेपालका सोझा जनता ठगीरहेको छ । 
केहि नेताहरुलाई समेत आफ्नो बस्मा पारेर भारतमा खतरनाक भनिएका गाडीहरु उसले किन्न लगाएर जनताको आँखामा छारो हाल्ने प्रयास गरिरहेको छ । गहिरिएर हेर्ने हो भने यो एकदमै डरलाग्दो तथ्य हो । तर राजनीतिक आडका भरमा केहि नेताहरुलाई आफ्नो बसमा पारेर यस कम्पनीले भारतमा खतरनाक भनेका गाडीहरु नेपालमा राम्रो गाडी भन्दै विक्री गरिरहेको छ ।
विश्वभरका कारहरुको सुरक्षाको मापदण्ड मापन गर्ने संस्था ग्लोबल एनक्याप (नयाँ कार मुल्यांकलन कार्यक्रम)ले ‘असुरक्षित’ भन्दै ‘जिरो स्टार’ दिएको कारहरु नेपालमा भने महँगोमा खुलेआम विक्री भइरहेका छन् । अझ भनौं, सोझा नेपाली जनताले यस्तो खतरनाक कार, निकै महँगो मूल्यमा खरिद गरिरहेका छन् ।

असुरक्षित छ महेन्द्रा स्कोरपियो

सन्दर्भ हो, ‘महेन्द्रा स्कोरपियो’को । भारतको मुम्बइमा हेडक्वाटर रहेको ‘महिन्द्रा एण्ड महिन्द्रा’ले उत्पादन गर्ने गरेको यो गाडी नेपालमा खुलेआम विक्री मात्र भइरहेको छैन नेपाली नेताहरुले पनि प्रयोग गर्दै आएका छन्। ‘गाडी असुरक्षित रहेको पक्का हो । यतिसम्मकी कम्पनीका मालिकहरुसमेत यो गाडी चड्दैनन् । तर भारतमा असुरक्षित भनिएका गाडीहरु नेपाल भित्र्याउंदा नेपाली जनताले पनि बुझ्लान भनेर यो कम्पनीले हत्त पत्त केहि नेपाली नेताहरुलाई यो गाडी भिडाएको थियो । यो गाडी विश्वकै असुरक्षित गाडी हो । हरेक वर्ष एनक्यापले गर्ने अनुसन्धानमा यो ‘कार’ असुरक्षित रहँदै आएको छ ।’ अग्नि इन्टरकर्पाेटेड प्रालिकै एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । 
उनी अगाडी भन्छन्, ‘यो गाडीको अगाडीको भाग ठक्कर खाँदा पुरै ध्वस्त हुनेगर्छ । यो एनक्यापले गरेको अनुसन्धानबाट पनि खुलीसकेको छ ।’ उनका अनुसार यो गाडीमा एअर ब्याग हुँदैन । जसका कारण गाडीमा सवारहरुको सजिलै ज्यान जान सक्छ । र यो कुरा पनि एनक्यापले गरेको अनुसन्धानको रिपोर्टमा पनि स्पष्ट लेखिएको छ । एनक्यापले पाँच स्टार मध्ये स्कोरपीओलाई ‘जिरो’ स्टार दिएको छ ।
चढ्ने र चलाउने दुबैको ज्यान खतरामा !
एनक्यापका अनुसार उक्त गाडीमा चढ्ने चालकको टाउको, छाती र कम्मर मुनीतिरको भाग असुरक्षित हुन्छ । यहि कारण देखाउंदै एनक्यापले उक्त गाडीलाई असुरक्षित भनी प्रतिवेदन प्रस्तुत गरेको थियो । ‘उक्त गाडीको चालकको अघिल्लो भागमा ‘एअर ब्याग’ नरहेकोले चालकहरु असुरक्षित हुन्छन् ।’ एनक्यापले आफ्नो प्रतिवेदनमा भनेको छ । एनक्यापका अनुसार उक्त गाडीमा चढ्नेहरुको ज्यान त झन् खतरामा हुन्छ । एनक्यापले यस्तो डरलाग्दो प्रतिवेसन सार्वजनिक गरेपछि भारतमा यो गाडी अलोकप्रिय भएको थियो भने कतिपय ठाउँमा प्रतिबन्ध नै लगाइएको थियो । एनक्यापले सार्वजनिक गरेको भिडियोमा उक्त गाडीका चालकको मृत्यु भएको देखिएको छ ।
बालबालिकालाई यो गाडीमा चढाउनु भनेको मृत्युसँग खेलाउनु बराबर !
एनक्यापले उक्त गाडीमा बालबालिकाहरु सबैभन्दा बढी असुरक्षित हुने दावी गरेको छ । ‘बालबालिकालाई उक्त गाडीमा चढाउनु भनेको मृत्युसँग खेलाउनु हो ।’ एनक्यापको प्रतिवेदनमा भनिएको छ । एनक्यापले जनाएअनुसार उसले ९ वटा ‘सेफ्टी इक्वीप्मेन्ट’ भएको नभएको बारे अनुसन्धान गर्ने गर्छ । तर, यो गाडीमा यी नौ वटै सेफ्टी इक्वीप्मेन्ट नभएको उल्लेख गरिएको छ । भारतको एक तथ्यांक अनुसार भारतीय सडकमा हुने दुर्घटनामा वर्षेनी १ लाख चालिस हजार जनाको मृत्यु हुँदै आएको छ । जसमध्ये यो गाडी भारतीय बजारमा प्रवेश गरेपछि मृत्यु हुनेमध्ये अधिकांसले यहि गाडी प्रयोग गरेका थिए । नेपालमा भने कुन गाडी प्रयोग गर्दा कति दुर्घटना भयो भन्ने आधिकारिक तथ्यांक बाहिर आएको देखिंदैन ।

यसरी कालोबजारी समेत गरिरहेछ अग्नि इन्टरकर्पाेटेड प्रालि

नेपालीलाई नयाँ, वा राम्रो भनेर त यो गाडीले ठग्ने गरेको छ नै, यसको विक्री वितरण पनि गैर कानुनी हिसावले गर्ने गरिएको छ । नेपालको विद्यमान कानुन अनुसार भन्सारमा छुटेका बेलाको मूल्यमा २० प्रतिशत भन्दा बढी नाफा राख्न पाइंदैन । तर यो कम्पनीले निकै बढी ‘प्रोफिट मार्जिन’ राखेर गाडी विक्री वितरण गर्दै आएको छ । भारतमा १४ देखि १५ लाख भारतीय रुपैयाँमा विक्री हुँदै आएको यो गाडी नेपाली बजारमा महिन्द्रा स्कोरपीओ मध्ये एस टेनको मुल्य आधा करोड रुपैयाँ भन्दामाथि छ । 
के भन्छ अग्नि इन्टरकर्पाेटेड प्रालि ?
यस विषयमा हामीले अग्नि इन्कर्पोरेटेड प्रालीका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठलाई सम्पर्क गर्ने प्रयास गरेका थियौं । तर उनी सम्पर्कमा आउन नै चाहेनन् । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार अर्थ सरोकार डटकमले ‘अटो अपरेशन’ सुरु गरेको थाहा पाएपछि उनले अर्थ सरोकारकर्मीको फोन ब्लक लिष्टमा राखेका छन् ।

अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: