
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – नेकपा एमाले कञ्चनपुर घटनामा नागरिक मारिँदा पनि सरकारले संसदमा जवाफ नदिएको भन्दै आपत्ति जनाएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीबाट नेपाली नागरिक मारिँदासमेत जवाफ दिन प्रधानमन्त्री र गृहमन्त्री दुवै बैठकमा उपस्थित नहुनु आपत्तिजक रहेको उसको जिकर छ । शुक्रबार व्यवस्थापिका संसद बैठकको विशेष समयमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले भौगोलिक अखण्डतामाथि आँच पुग्दासमेत सरकारले जवाफ नदिएको भन्दै आपत्ति जनाए ।
नेपाली भूमिमा विदेशी सैनिकको गोली लागेर नागरिक मारिँदा न प्रधानमन्त्री संसदमा हुनुहुन्छ न गृहमन्त्री १ यो सरकार कसका लागि काम गर्छ ? रावलले प्रश्न गरे, सरकार रमिते हो वा निर्लज्ज रु नैतिकता छ भने जवाफ दिनुपर्छ । साथै उनले सप्तरी घटनामा नेताहरुको हत्याको प्रपञ्च रचिएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरे । सप्तरीमा पेट्रोल बम हान्ने वितण्ड क्रियाकलापको जति निन्दा गरेपनि कम हुन्छ, रावलले भने, सरकारले घटनामा संलग्नलाई माया गरेर अघि बढ्न खोजेको हो कि के हो जवाफ चाहियो ।
नेपाली नागरिक कञ्चनपुरमा मारिँदा सरकारले भारतले क्षतिपूर्ति दिनुपर्ने भनेर बोल्न नसकेको भन्दै उनले सरकारको नीति देखेर दुस्ख लागेको बताए । सरकारले भारतीय पक्षले क्षतिपूर्ति तिर्नुपर्ने भन्न किन नसकेको हो ? रावलले भने, सरकारको लम्पसारवादी नीति देख्दा दुस्खित् हुनुपर्ने अवस्था छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्