काठमाडौँ । छुर्पी निर्यातबाट साढे १ अर्ब बढी विदेशी मुद्रा नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिक मसान्तसम्म)मा नेपालबाट १ अर्ब ६४ करोड १५ लाख रुपैयाँ विदेशी मुद्रा बराबरको छुर्पी निर्यात गरेको हो ।
यस अवधिमा नेपालबाट ८ सय ५९ टन अर्थात ८ लाख ५८ हजार ८ सय ३४ किलो छुर्पी विदेश निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै छुर्पी अमेरिका निर्यात भएको छ । अमेरिकामा मात्र नेपालबाट १ अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको भन्सार विभागले जनाएको छ ।
सोही अवधिमा नेपालबाट क्यानडामा १३ करोड ८२ लाख रुपैयाँ, बेलायतमा २ करोड ८३ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ । त्यस्तै, नेपालबाट जापान र युरोपेली देशहरुमा समेत छुर्पी निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्