
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस बन्दको कारण वीरगंज स्थित दुई भन्सार कार्यालयको राजश्व असुलीमा ब्रेक लागेको छ । दुई दिनमा वीरगंज भन्सार कार्यालयको लक्ष्यभन्दा १६ करोड रुपैयाँ र सिर्सिया सुक्खा बन्दरगाहको साढे १० करोड रुपैयाँले राजश्व घटेको हो ।
वीरगंज भन्सारका सूचना अधिकारी मोहनराज भटले मंगलबार र बुधबार ८ /८ करोड रुपैयाँको दरले राजश्व संकलन घटेको जानकारी दिए । वीरगंज भन्सारको दैनिक असुली लक्ष ३२ करोड रुपैयाँ छ । त्यस्तै, सुक्खा बन्दरगाहले बन्दको पहिलो दिन ६२ लाख र दोस्रो दिन २ करोड चार लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । सामान्य अवस्थामा सुक्खा बन्दरगाहबाट दैनिक साढे ६ करोड रुपैयाँको राजश्व उठ्ने गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्