
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारस्थित पाथीभरा पोल्ट्री फर्ममा पालिएको लेयर्स जातका कुखुरामा बर्डफ्लूको सङ्क्रमण पुष्टि भएपछि त्यस फर्ममा रहेका पैतालीस सय कुखुरा आज नष्ट गरिएको छ ।
पचास लाखको लगानीमा मिलन चापागाई, सञ्जय गौतम, भोला अधिकारी र विष्णु पाण्डेको उक्त फर्ममा छ हजार पाँच लेयर्स जातको कुखुरा रहेको तथा फागुन १३ देखि नै फर्ममा रहेका कुखुरा मर्न थालेपछि त्यसको नमुना जाँचपछि हिजोमात्र त्यहाँ बर्डफ्लू फैलिएको पुष्टि भएको थियो ।
पाँच वर्षअघि पनि एचवान एनवान बर्डफ्ल्रू भाईरसले ३५ लाखको नोक्सानी ब्योहोरेको उक्त फर्मले यो वर्ष भने एच फाइभ एन एट बर्डफ्ल्रू भाइरसले ४० लाखभन्दा बढीको नोक्सानी ब्योहोनुपर्ने अवस्था सिर्जना भएको छ ।
विभागले हिजो परिपत्र गर्नासाथ आज सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले ती कुखुरा नष्ट गर्ने निर्णय भएलगत्तै कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयका डा विजयनाथ यादवले जानकारी दिए।
क्षेत्रीय पशु सेवा निर्देशनालयका चिकित्सक सञ्जय यादवका अनुसार पाथीभरा पोल्ट्री फर्ममा बर्डफ्लूको सङ्क्रमण पुष्टि भएकाले सो फर्मदेखि २०० मिटर आसपासका क्षेत्रलाई शिल गरी आसपासमा रहेको ईश्वरीप्रसाद लुर्इंटेल र हरिबहादुर कार्कीको घरमा रहेका स्थानीय कुखुरासमेत नष्ट गरिएको छ ।
बर्डफ्लूको सङ्क्रमण फैलिएको उक्त कुखुरा फर्म आसपासका क्षेत्रमा बर्डफ्लूको सङ्क्रमण फैलन नदिन र अन्य नोक्सानी हुन नदिन फर्ममा भएका सवै कुखुरा मारेर खाल्डो खनि पुरिएको छ । कुखुरा पालक चारजना किसानले नष्ट भएका कुखुराको प्रतिगोटा एक सयका दरले क्षतिपूर्ति पाउने व्यवस्था रहेको डा यादवले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्