×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अपराध महाशाखा हनुमानढोकाको प्रहरी निरीक्षक हुँ’ भन्दै अर्थ सरोकारकर्मीलाई धम्की !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘अपराध महाशाखा हनुमानढोकाको प्रहरी निरीक्षक हुँ’ भन्दै अर्थ सरोकारकर्मीलाई धम्की !

१९ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन –  आफूलाई महानगरीय प्रहरी अपराध  महाशाखा हनुमानढोकाको प्रहरी निरीक्षक बताउने एक अज्ञात व्यक्तिले अर्थ सरोकारकर्मी प्रनिश थापालाई पटकपटक फोन गर्दै धम्की दिएका छन् । बुधबार राती ९:४५ बजे ९८२३७५२३२७ नम्बरबाट थापाको नम्बरमा सम्पर्क गरी ती युवकले धम्की दिएका हुन् ।

‘तँ को होस् ? त पालुङको होईनस् ? तैले मलाई चिन्छस ? म हनुमानढोकाको इन्सपेक्टर हो । तैंले गल्ती गरिहालिस्,  मसँग माफी मागिहाल भन्दै’ केहि अपशब्द सहित ती अज्ञात व्यक्तिले अपशब्द समेत बोल्दै धम्की दिएका हुन् । संबाददाता थापाले आफुले केहि त्यस्तो गल्ती नगरेको र समाचारको कारणलाइ लिएर त्यसरी धम्की आएको हुन सक्ने बताएका छन् ।

पटक- पटक थापालाई धम्की दिने को हुन् यकिन हुन सकेको छैन । निजले म हनुमानढोकाको इन्सपेक्टर हु भने लगत्तै संबाददाता थापाले हनुमानढोकाको एसपी को हुनुहुन्छ बताइदिनुस् न भन्दा अकमक्काएका थिए । तपाईं प्रहरी हो भने, संगठनको दुरुपयोग गर्दै अपशब्द बोल्ने अधिकार तपाईंसँग छैन भनेपछि ती युवकले अर्थासरोकारकर्मी थापालाई बानेश्वरमा भेट्न आग्रह गरेका थिए । ‘तेरो बायोडाटा मैले फेला पारिससकें, तँलाई जे पनि हुनसक्छ’  भन्दै गाली गलौज गर्न थालेपछि थापाले सुरक्षाको माग गर्दै बुधबार रातीनै जिल्ला प्रहरी कार्यालय भरतपुरमा समेत यसबारे जानकारी गराएका छन् ।

जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दिपक थापाले आफूले यस बिषयमा तत्कालै अनुसन्धान गर्ने समेत आश्वासन दिलाए । यता, धम्की दिने निज ब्यक्तिलाई विभिन्न नम्बरबाट सम्पर्क गर्दा फोन नलाग्ने बनाइ राखेका छन् । धम्की दिनुको कारण खुल्न सकेको छैन । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: