×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : नयाँ शक्ति नेपाल फुट्दै, बैसाखमा हुँदैछ समानान्तर पार्टीको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

EXCLUSIVE : नयाँ शक्ति नेपाल फुट्दै, बैसाखमा हुँदैछ समानान्तर पार्टीको घोषणा

Artha Sarokar

२१ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति नेपाल फुट्ने भएको छ । मधेसी नेतासँग मिलेर स्थानीय निर्वाचनको विरोध गरेको भन्दै पार्टीभित्रका केहि शक्तिशाली नेतापनि पार्टीबाट अलग हुने भएको छ । नयाँ शक्ति नेपालको विश्वस्त सुत्रले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार नयाँ बर्ष वरपर मिति पारेर नयाँ शक्ति नेपाल फुटाउने अन्तिम तयारी भइरहेको छ । 
‘हामीले नयाँ शक्ति नेपालको समानान्तर पार्टीको तयारी गरिरहेका छौं । त्यसका लागि गठन गर्नुपर्ने विभिन्न समितिहरुपनि गठन भएको छ । हामी एक कार्यक्रमका बीच पत्रकार सम्मेलन गरेर यो सबै प्रक्रियाबारे औपचारिक जानकारी गराउनेछौं ।’ हाल नयाँ शक्ति नेपालमै रहेका एक नेताले अर्थ सरोकार डटकमसंग भने ।     
‘बाबुराम भट्टराइ चुनाव भाँड्न लागि परेका छन् । चुनावमा गए आफ्नो अस्तित्व समाप्त हुने भएपछि भट्टराइले यस्तो काम गरिरहेका छन् । चुनावको सबीतिर स्वागत भइरहेकाले नयाँ शक्ति नेपालले त्यसको विरोध गर्नु अनुचित हो । हामीले बाबुराम भट्टराइलाई सम्झाउने प्रयास पनि गर्यौं । तर उहाँले हामी कसैको कुरा नसुनी तानाशाहीपनि देखाउनुभयो । त्यसपछि छुट्टिनुको विकल्प भएन ।’ उनले भने ।      
उनका अनुसार समानान्तर पार्टीको नाम के राख्ने भन्ने सल्लाह भइरहेको छ । नयाँ शक्ति नेपालकै समानान्तर पार्टि हुने भएकाले नाम पनि त्यहि अनुसारको राख्ने भन्ने आन्तरिक सल्लाह भइरहेको उनको दावी छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी