×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाकाे नाममा चन्दा अातंक मच्चाउदै हिड्ने एमालेका विद्यार्थी क्रान्तिकारीकाे फन्दामा (EXCLUSIVE भिडियाेसहित)

LAXMI SUNRISE BANK
GLOBAL

नेकपाकाे नाममा चन्दा अातंक मच्चाउदै हिड्ने एमालेका विद्यार्थी क्रान्तिकारीकाे फन्दामा (EXCLUSIVE भिडियाेसहित)

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले नेपाल कम्युनिष्ट पार्टीनिकटकाे नाममा चन्दा अातंक मच्चाउदै हिंडेको तथ्य खुलासा भएको छ । यसरी हिडिरहेका अनेरास्ववियुका नेताहरुलाई अखिल (क्रान्तिकारी)ले रंगेहात नियन्त्रणमा लिएकाे दावी गरेको छ । 
क्रान्तिकारीले नेकपाकाे नाममा चन्दा उठाउदै गरेकाे अवस्थामा  अखिलका केन्द्रीय सदस्य सन्तोष तिमेल्सना र तिलक खड़कालार्इ  रंगेहात नियनत्रणामा बताइएको छ । तिम्सेनालार्इ नापी कार्यालय कलंकी र खड्कालार्इ यातायात कार्यालय एकान्तकुनाबाट नियन्त्रणमा लिइएकाे क्रान्तिकारीकाे उपत्यका संयाेजक लाेकेश विश्वकर्माले अर्थ सरोकार डटकमलार्इ बताए । 
‘उनीहरूले केहि समय अघिदेखि कलंकीस्थित नापी कार्यालयमा ‘हामी नेपाल कम्युनिष्ट पार्टिकाे मान्छे हाे, हामीलार्इ चन्दा चाहिन्छ’ भन्दै  फाेन गरेर धम्क्याउदै अाएका रहेछन् । याे विषायमा हामीले अनुुन्धान गर्दै जाँदा अाज तिम्सिना र खड्कालार्इ रंगेहात समात्याैं र प्रहरीलार्इ बुझायाैं ।’ क्रान्तिकारीका नेता लाेकेशले अर्थ सरोकार डटकमसँग । खड्का अखिलका पशुपति क्याम्पसका नेता हुन् ।  
अाफ्नाे संगठनले यस विषयमा थप अनुसन्धान गरिहेकाे उनकाे भनार्इ छ । यस्तै क्रान्तिकारीकी नेतृ सुनिता बमले अाफ्नाे संगठनको नामलार्इ बदनाम गर्दै हिड्ने गिरोहलाइ हदैसम्मको कार्बाही गर्न प्रशासनलार्इ माग गरेकी छिन् । 

‘हामी यस्ता अनैतिक कार्य नगर्न नगराउन सबैलार्इ अनुरोध गर्दछाैं।’ क्रान्तिकारीकी सिटिइभिट इन्चार्ज बमले अर्थ सरोकार डटकमसँग भनिन, – ‘ यस्ता कुनै घटना भए सम्बन्धित पक्षलाइ सुचना दिएर सहयोग गर्न अनुरोध पनि गर्न चाहान्छाैं।’

अनेरास्ववियुका तिम्सिना र खड्काले फाेन गरेरै नेकपाकाे नाममा नापी कार्यालयबाट चन्दा माग गरेका थिए । उनीहरूले अाफुहरूलार्इ तत्काल चन्दा नदिए ज्यान मार्ने धम्की दिदै अाएकाे नापी कार्यालयका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।  
त्याे कुरा क्रान्तिकारीले थाहा पाएपछि उसले सत्यतथ्य पत्ता लगाउन गाेप्य ढंगबाट अनुसन्धान थालेकाे थियाे । बुधबार दुबैजनालार्इ पैसासहित समातेर कारवाहीका लागि प्रहरीसमक्ष बुझाएकाे क्रान्तिकारीले जनाएकाे छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी