×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक नम्बर दावी गर्ने नेवि संघ जिल्लियो ! स्ववियु निर्वाचनमा अनेरास्ववियु पहिलो (सूचीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एक नम्बर दावी गर्ने नेवि संघ जिल्लियो ! स्ववियु निर्वाचनमा अनेरास्ववियु पहिलो (सूचीसहित)

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले बुधबार सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । त्रिविले सार्वजनिक गरेको सूची अनुसार निर्वाचन भएका २५१ वटा क्याम्पसको मतपरिणाममा एमाले निकट अनेरास्ववियु पहिलो स्थानमा छ । टियुका अनुसार हालसम्म अनेरास्ववियुले आंगिक क्याम्पस अन्तर्गत ९ वटा क्याम्पस र सामुदायिक क्याम्पस अन्तर्गत ९९ गरी १०८ क्याम्पसमा बिजय हासिल गरेको छ ।
त्यस्तै नेपाल विद्यार्थी संघले आंगिक क्याम्पस अन्तर्गत ८ र सामुदायिक क्याम्पस अन्तर्गत ७७ गरी ८५ क्याम्पसमा विजय हासिल गरेको छ । यससँगै नेविसंघ दोस्रो स्थानमा छ । त्यस्तै अखिल (क्रान्तिकारी)ले ४ आंगिक क्याम्पस र ४६ सामुदायिक क्याम्पसगरी ५० स्थानमा आफ्नो जित सुनिश्चित गरेको छ ।
अन्य संगठनहरुमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ ३, नेपाल क्रन्तिकारी बिद्यार्थी संघ १, संघीय समाजबादी १, विप्लव १, नयाँ शक्ति १, अखिल छैटौं १ स्थानमा बिजयी भएका छन् ।
निर्वाचन भएका २५१ वटा क्याम्पस
१) अनेरास्ववियु– आंगिकतर्फ ९ वटा, सामुदायिकतर्फ ९९ गरी १०८ क्याम्पसमा बिजयी ।
२) नेविसंघ– आंगिकतर्फ ८, सामुदायिकतर्फ ७७ गरी ८५ क्याम्पसमा विजयी ।
३) अनेरास्ववियु (क्रान्तिकारी)– आंगिकतर्फ ४, सामुदायिकतर्फ ४६ गरी ५० क्याम्पसमा विजयी ।
अन्यः
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ ३
नेपाल क्रन्तिकारी बिद्यार्थी संघ १
संघीय समाजबादी १
विप्लव १
नयाँ शक्ति १
अखिल छैटौं १
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: