×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्ञानेन्द्र शाहको व्यग्र प्रतिक्षा,शालीन पोशाकमा विप्लप देखि वैद्यसम्मलाई भेट्ने धोको

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ज्ञानेन्द्र शाहको व्यग्र प्रतिक्षा,शालीन पोशाकमा विप्लप देखि वैद्यसम्मलाई भेट्ने धोको

Artha Sarokar

१७ चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना नाति तथा पारस पुत्र हृदयेन्द्रको उपनयन (चुणाकर्म) कार्य भव्यतापूर्वक सम्पन्न गर्ने तयारी गरेका छन । आज केही बेरमा औपचारिक चूडाकर्म सुरु हुँदैछ । आजको चुणाकर्म अर्थात ब्रतबन्धको समापन पछि एक साता पछाडि उनले आगामी २४ गते होटल सोल्टीमा दिवा तथा रात्रिभोजको आयोजना गर्न लागेका हुन ।
उक्त भोजमा सरिक हुनका लागि पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारी देखि नेकपा माओवादीका नेताहरु मोहन वैद्य, नेत्रविक्रम चन्द वैद्यलाई पनि निम्ता गरिएको छ । उक्त समारोहमा विशेष उपस्थितिका लागि राष्ट्रपति  भण्डारी  सहित उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्री र मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू, धर्मगुरुहरू, युवा नेताहरू, उद्योग वाणिज्य महासङ्घ, च्याम्बर अफ कमर्स र सीएनआईका पदाधिकारी तथा सदस्यहरू, सनातनी, बौद्ध र इस्लाम धर्मसम्बद्ध सङ्घसंस्थाका अगुवाहरू, सन्तमहन्थहरू, पत्रकारहरू, मिडिया व्यवसायीहरू, कलाकारहरू, संसद्मा प्रतिनिधित्व गर्ने र नगर्ने राजनीतिक दलका नेताहरू, शिक्षक, प्राध्यापक र पूर्वउपकुलपतिहरू, साहित्यकारहरू, सामाजिक कार्यकर्ताहरूलगायत समाजको सबै क्षेत्रका अगुवाहरूलाई निमन्त्रणा पठाइएको छ ।
आशीर्वादका लागि आउने आगन्तुक पाहुनाहरूको सजिलोका लागि होटेल सोल्टीको स्विमिङ पुलछेउमा पाल टाँगेर पूर्वनवयुवराजसहित राजपरिवारका सदस्यहरू बस्ने व्यवस्था मिलाइएको छ । निम्ता मान्नको लागि कार्ड अनिवार्य भनिएको छ । निमन्त्रणा कार्ड अग्रेजी र नेपाली भाषामा तयार पारिएको छ । विहान साढे ११ बजे देखि सुरु भई उक्त दिवा भोज दिँउसो साढे दुई बजेसम्म चल्ने कार्डमा उल्लेख गरिएको छ । सम्पूर्ण पाहुनाहरुलाई शालिन औपचारिक पोशाकमा भोजमा सरिक हुन निमन्त्रणा पत्रमा आग्रह समेत गरिएको छ ।
– एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी