
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज वृहत बुद्धिजिवि भेलाको आयोजना गर्न लागेका छन । आज दिँउसो राजधानीको होटल हिमालयन आयोजना गरिन लागेको उक्त विद्धत भेलामा नेपाली वि सं २०९९ सम्ममा नेपाल कस्तो हुने ? भन्ने विषयमा छलफल हुन लागेको जनाइएको छ ।
पूर्व प्रधानमन्त्री ओलीले उक्त बुद्धिजिवि भेलामा करिब पाँच घण्टासम्म विभिन्न क्षेत्रका बुद्धिजिविहरुसँग सल्लाह गर्न बुझिएको छ । उक्त सभामा सभामा आर्थिक, राजनीतिक, पेशागत अगुवा, विदेश मामिलाका जानकार, समाजशास्त्री, मानवशास्त्रीहरुको विचार सुन्ने ओलीले योजना रहेको उनका सञ्चार सल्लाहकार चेतन अधिकारीले एसकाठमाडौंसँग बताए । यो शताब्दी सकिनु २५ बर्ष बाँकी छ । अबको २५ बर्ष भित्र नेपाल कस्तो हुने विषयमा छलफल हुन लागेको हो ।
केपी ओली तिनै व्यक्ति हुन जो कुनै समय बुद्धिजिविहरुलाई ‘कुहिएको फर्सी’ भनी सम्बोधन गर्थे । अर्थात उनी प्रधानमन्त्री भएको समयमा उनको महत्वकांक्षी योजनालाई उडाउने विद्धत वर्गलाई इन्भटेड कमा भित्रका वुद्धिजीवि भन्दै तिनलाई तिखो व्यग्यवाण हान्दथे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्