
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – सर्वोच्च अदालतको फैसलापछि सरकारले प्रहरी महानिरीक्षक नियुक्तिको प्रक्रिया सुरु गर्ने भएको छ । योग्यता र बरीयताक्रम मिचेर ‘डीआईजी’ जयबहादुर चन्दलाई ‘आईजी’ नियुक्त गरेको सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि पुनः नियुक्तिको प्रक्रिया सुरु भएको हो ।
भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीनभ्रमणका विषयमा छलफल गर्न बोलाइएको आजको मन्त्रिपरिषद् बैठकमा आईजी नियुक्तका विषयमा पनि छलफल हुने श्रोतले वताएको छ। यो विषय मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा नराखिए पनि प्रक्रिया सुरु गर्न छलफल हुने जानकारी दिइएको छ ।
सर्वोच्च अदालतको फैसलापछि बरीयताक्रमको पहिलो नम्बरमा नवराज सिलवाललाई आईजीपी बन्ने बाटो खुलेको छ । बिहान साढे १० बजेका लागि बोलाइएको बैठक बेलुकी ५ बजेका लागि सरेको सामान्य प्रशासन मन्त्री केशवकुमार बढाथोकीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्