×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणगढ -मुग्लिङ सडकखण्ड अब दैनिक ६ घण्टा बन्द हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नारायणगढ -मुग्लिङ सडकखण्ड अब दैनिक ६ घण्टा बन्द हुने

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम

काठमाण्डौ  आउँदो हप्ताबाट नारायणगढ -मुग्लिङ सडकखण्डमा हुँदै आएको सवारी बन्द बढ्ने भएको छ । नारायणगढ–मुग्लिन सडक विस्तार एवं पुनर्निर्माणका क्रममा तीव्र रुपमा अगाडी बढाउन भन्दै चैत १५ गतेदेखि सो, बाटो  ६ घण्टा सम्म बन्द हुने भएको हो । नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जारी गरेको सूचना अनुसार आउँदो मंगलबार अर्थात चैत १५ देखी सो सडकखण्ड दैनिक बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुने भएको छ ।
 यस अघि पुस ७ गतेबाट सो सडकखण्ड बिहान ११ बजेदेखि तीन बजेसम्म अर्थात चार घण्टा मात्रै बन्द हुने गरेको थियो । त्यस्तै , पुस १९ गतेबाट थप आधा घण्टा अर्थात बिहान साढे १० बजेदेखि तीन बजेसम्म अर्थात साढे चार घण्टा बन्द हुँदै आएको थियो । गत वर्ष माघमा पनि यसरी नै बन्द गरेर सडक निर्माण गरिएको थियो । जुन समय वर्षा सुरू भएपछि मात्रै हटेको थियो । अहिले सो सडकमा बिहान साढे १० बजेदेखि दिउँसो तीन बजे अर्थात दैनिक साढे चार घण्टा बन्द हुँदै आएको थियो ।
 ‘चैत १५ गतेदेखि अर्को सूचना नआए सम्म सो, सडक खण्ड दैनिक छ घण्टा बन्द हुनेछ’ आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने । सडक विस्तारको काम चलिरहेका कारण गाडी बन्द गरेर निर्माण कार्यलाई प्राथमिकताका साथ सम्पन्न गर्न आफुहरु लागिपरेको आयोजनाका सूचना अधिकारी खनालले जानकारी दिए । उनले दैनिक ६ घन्टा सडक बन्द भए पनि बाँकी समय मा दुवैतर्फ बाटो सहज रूपमा सञ्चालन हुने बताए । 
बन्दको समयमा सवारीसाधनलाई मुग्लिङ र जुगेडीमा रोकिने जानकारी दिँदै सूचना अधिकारी खनालले यातायात आवागमन कम गरी काम छिटो सम्पन्न गर्न पश्चिमतर्फ जान सिद्धार्थ राजमार्ग र पूर्व जान त्रिभुवन राजपथलाई वैकल्पिक मार्गको रूपमा लिन सकिने बताए । 
सडक निर्माण एवं विस्तारको क्रममा ट्राफिक जामका कारण घन्टौं सम्म सवारीसाधन रोकिनु पर्ने बाध्यता भएकोले ‘सो समयमा वैकल्पिक सडक बाट जान सक्ने गाडीहरुलाई उतैबाट जान हामी अनुरोध गर्दछौं’ आयोजना प्रमुख चन्द्रनारायण यादवले भने ।‘हामीसँग निर्माण कम्पनीले अझै पनि दैनिक आठ घण्टा बाटो पूरै बन्द भए राम्रो सँग काम गर्न पाइन्थ्यो भन्दै आएका छन् । आयोजनाको तर्फ बाट पनि छ घण्टासम्म बन्द गर्न पाए ठिकै हुने थियो भन्ने लाग्दछ’ । 
नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले भने । दुई वर्ष भित्र निर्माण सक्ने गरेर सन् २०१५ को अप्रिल महिनामा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । काम हुँदै गरेका कारण बन्दका बेलामा साना गाडीहरु समेत छिर्न गाह्रो हुने अवस्था छ ।
आयोजनाका प्रमुख यादवले दिएको जानकारी अनुसार ५० प्रतिशत काम पूरा हुनुपर्नेमा अहिले जम्मा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ भूकम्प, नाकाबन्दी लगायतका कारणहरु देखाउँदै पटकपटक म्याद थपे पनि आधा पनि काम सम्पन्न हुन सकेको छैनन् । चैत ६ गतेबाट पूर्वपश्चिम राजमार्गबाट काठमाडौं र पोखरालाई जोड्ने मुख्य राजमार्ग नारायणगढ(मुग्लिङ सडक खण्ड दिउँसोको समयमा बन्द हुने भएपछि यात्रुहरुलाई थप समस्या हुने गरेको छ ।
आज मिति २०७३/१२/ ०८ गते जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टको अध्यक्षतामा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, नारायणगढ मुग्लीङ सडक आयोजनाका प्रमुख तथा ईन्जिनियरहरु, सम्बन्धित ठेकेदार कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु र सडक निर्माण सम्वन्धि सम्वद्ध व्यक्तिहरुको उपस्थितिमा नारायणगढ– मुग्लीङ सडक खण्डको ट्राफिक व्यवस्थापन एवं निर्माण कार्यलाई प्रभावकारी बनाउन छलफल भई निम्नानुसार निर्णय गरियो ।
 निर्णयहरुः
१) नारायणगढ-मुग्लिङ सडक खण्डमा सवारी चलेका बखतमा सवारी विग्रेर वा अन्य कुनै कारणवाट सडक अवरुद्ध भएमा तत्कालै सुचारु गर्नका लागी रामनगर, सेतिदोभान, नौकिलो र मुग्लिङमा एक एक वटा लोडर चौविसै घण्टा स्टेन्डवाईमा रहने गरी ठेकेदार कम्पनीहरु राखी सोको परिचालनकोलागि सम्पर्क व्यक्ति समेत तोकि निजको नाम र सम्पर्क नम्वर स्थानीय प्रहरी कार्यालयमा जानकारी गराउने निर्णय गरियो ।

२) नारायणगढ-मुग्लिङ सडक खण्डमा धुलो उडेको र खाल्डा खुल्डी परेका कारण यात्रुलाई असुविधा भएको र सवारी दुर्घटना समेत हुन सक्ने भएकोले त्यसलाई व्यवस्थापन गर्नका लागी सम्वन्धित ठेकेदार कम्पनीहरुले दैनिक कम्तीमा ४ पटक ( विहान ०७:०० बजे, दिउँसोको  ०२: ३० बजे, साँझ ०६:०० बजे र राती १०:०० बजे ) सडकमा पर्याप्त मात्रामा पानी राख्ने र धुलो नउड्ने वातावरण मिलाउनका साथै सवारी चल्ने समय भन्दा पहिला नै खाल्डा खुल्डी पुरी, वेस्ट म्याटेरियल्स व्यवस्थापन गरी दुवै तर्फको यातायात सुसञ्चालनको व्यवस्था मिलाउने निर्णय गरियो ।

३) सडकमा पानी राखे नराखेको र खाल्डाखुल्डी पुरे नपुरेको र दुवै तर्फवाट सवारी आवतजावत भए नभएको अनुगनम गर्न नारायणगढ मुग्लिङ सडक खण्डमा रहेका नेपाल प्रहरीका क्युआरटी लाई अधिकतम परिचालन गरी जिम्मेवार बनाउने निर्णय गरियो ।

४) नारायणगढ मुग्लिङ सडक खण्डमा कटिङ्ग गरेको ठाँउमा पहिरो झर्न सक्ने भएकोले प्रत्येक दिन कटिङ्गको कार्य समाप्त भएपछि स्लोप निकाल्ने र पहिरो नझर्ने व्यवस्था मिलाउने निर्णय गरियो ।

५) नारायणगढ ( मुग्लिङ सडक खण्डको आवागमनलाई सहज बनाउन सडक खण्डमा खाना खान बाहेकको समयमा कुनै पनि सवारी पार्किङ्ग गर्न नदिने व्यवस्थाकोलागि नेपाल प्रहरीका क्युआरटि लाई अधिकतम परिचालन गरि हाईवे चेकिंङलाई प्रभावकारी बनाउने निर्णय गरियो । 

६) मिति २०७३/०९/१८ गतेको बैठकले निर्णय गरे बमोजिमका नारायणगढ-मुग्लिङ सडक खण्डका १० स्थानहरुमा एक हप्ता भित्र  राख्ने र बस्ती लगायत अन्य आवश्यक स्थानहरुमा सोलार बत्ति समेत राख्ने निर्णय गरियो ।

७) मुग्लिङ बजार छेउको पहरा कटिङ्ग गर्ने समयमा हुने सम्भावित दुर्घटनालाई दृष्टीगत गरी आवश्यकता अनुसार तनहुँ तर्फवाट आउने सवारीलाई तनहुँतर्फ नै रोक्ने व्यवस्था मिलाउन समन्वय गर्ने र चितवनतर्फ पनि आवश्यकता अनुसार लेवाटार र कुरीनटारतर्फ उपयुक्त स्थान मा सवारी रोकी मुग्लीन बजारमा सुरक्षाको व्यवस्था मिलाउने निर्णय गरियो ।

८) नारायणगढ(मुग्लिङ सडक खण्डको कामको गतिलाई बढाउने र आवश्यकता अनुसार ठेकेदार कम्पनिले मेसीन र मानीस समेत थप गरी २०७४ जेष्ठ १५ गते सम्म कटिङ्ग सहित सम्पूर्ण स्टक्चर को काम सक्ने व्यवस्था गर्ने निर्णय गरियो ।

९) नजिकिदै गएको बर्षायाममा हुन सक्ने असुविधा र नारायणगढ(मुग्लिङ सडक खण्डमा यात्रुहरुलाई पर्न गएको असुविधालाई लामो समय सम्म रहन नदिई समयमै काम सम्पन्न गर्नका लागी हाल विहान १०:३० बजेदेखि दिनको ०३:०० बजे सम्म सवारीलाई रोक्ने गरिएकोमा सो समयलाई बढाएर भए पनि काम चाडो सक्दा यात्रुलाई तत्कालको लागी असुविधा भए पनि निर्माण कार्यले गति लिई वर्षायाममा सहज हुने देखिएकोले मिति २०७३ चैत्र १५ गते देखि लागु हुने गी विहान १०:०० बजे देखि अपरान्ह १६:०० बजे सम्म एम्वुलेन्स बाहेकका अन्य सवारी रोकी निर्माण कार्यलाई गति दिने निर्णय गरियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी