आज शनिबार उपत्यकाका विभिन्न स्थानमा ६ घण्टासम्म बिद्युत आपूर्ति बन्द हुने भएको छ । चक्रपथ विस्तारको क्रममा चक्रपथ भित्रका विद्युतीय संरचना सार्नु पर्ने भएकाले विद्युत आपर्ति बन्द हुने बिद्युत प्राधिकरणले जनाएको छ ।
काठमाडौंको दुर्गानगर कोलोनी, कलंकी, लाम्पाटी, रविभवन, सोल्टीमोड, कालिमाटी, ताहाचल, छाउनी, सितापाईला रिङरोड भित्र र किम्डोल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।
तोकिएको समयभन्दा अघि वा पछिसम्म पनि बिजुली नआउन सक्ने प्राधिकरणले जनाएको छ ।