
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बुधबार नारी दिवसको दिन कान्तिपुर राष्ट्रिय दैनिकको ‘नारी विशेष’ अंकमा एउटा विज्ञापन छापियो- सेफ्टी अल्ट्रा सेनीटरी प्याड्सको । लेखिएको थियो दुइ वटा प्याड किन्दा एउटा सित्तैमा । जस्मिन नामक कम्पनीले उत्पादन गर्ने यो प्याडको विज्ञापनका नाममा कम्पनीले ठगी गरेको छ । विज्ञापनमा भनिए अनुसार एउटा किन्दा अर्को प्याड सित्तैमा पाउनका लागि उक्त विज्ञापनको कटीङ लिएर कुनै पनि पसल वा मेडिकलमा जानुपर्थ्यो । विज्ञापनमा पसल तथा मेडिकलहरुलाई यो कटीङ लिएर आउनेलाई सेफ्टी अल्ट्रा एक्सेल प्याड एक किन्दा एक सित्तैमा उपलब्ध गराईदिनुहोला भनेर समेत स्पष्ट लेखिएको थियो ।

विज्ञापनका नाममा ठगी !
‘तर यो त सरासर ठगी रहेछ ।’ उक्त कटीङ लिएर काठमाडौँ, कोटेश्वरमा रहेको एक मेडिकलमा पुगेकी कोटेश्वर बस्ने सुमिता पौडेल भन्छिन्, ‘कान्तिपुरको कटीङ लिएर जाँदा यस्तो अफरको बारे थाहा नै छैन भन्नुभयो पसलका साहुजीले । मैले पत्रिका देखाएँ । तर यस्तो अफरबारे आफुलाई जानकारी नभएकाले दिन नमिल्ने कुरा गर्नुभयो ।’ उनले त्यस्तो गुनासो पोखेपछि हामी (अर्थ सरोकार डटकम टोली) पनि उक्त कटीङ लिएर हाम्रो कार्यालय वरीपरीका पसल तथा मेडिकलहरुमा पुग्यौं । तर यसबारे कसैलाई पनि थाहा रहेनछ । कसैले पनि यो अफर अनुसारको एउटा एक्स्ट्रा प्याड दिन मानेनन् ।
जानकारी नै छैन, कसरी दिनु ? पसल / मेडिकल सञ्चालक
यता कोटेश्वरका विभिन्न पसल तथा मेडिकल सञ्चालकहरुले आफुहरुलाई यसबारे कुनैपनि जानकारी नभएको स्पष्ट पारे । ‘पत्रिकामा यत्रो विज्ञापन छापेपाची जानकारी पनि त गराउनुपर्ने हो । अस्ति भर्खर पनि नयाँ सामान राखेका थियौं । त्यहि बेला नारी दिवसको अवसरमा यस्तो स्किम आउंदैछ, भनेर पनि त भन्नु पर्यो । नत्र त कसरी दिनु ?’ कोटेश्वरमा एक पसल संचालन गरेर बसेकी पसल संचालिकाले अर्थ सरोकार डटकमसँग भनिन् ।
के भन्छन् सेफ्टी सेनिटरी प्याडका प्रतिनिधि ?
यस्तो ठगी भएको थाहा पाएपछि हामीले सेफ्टी सेनिटरी प्याड्सका प्रतिनिधिलाई सम्पर्क गरेका थियौं । विज्ञापनमै दिइएको नम्बर ९८४३६८३५७२ मा सम्पर्क गर्यौं । मुरारी अधिकारीको नाममा रहेको उक्त नम्बरको फोन उठाएका उक्त प्याडका प्रतिनिधिले स्किमको जानकारी आउंदै होला भन्ने गैरजिम्मेवार जवाफ दिए । ‘आज नपाए भोलि पाइएला ।२ गते सम्म स्किम छ, जहिले गए पनि हुन्छ ।’ उनले भने ।
अव एउटा स्किमको लागि कहिलेसम्म सोधिरहने, कहिलेसम्म बुझिरहने ? त्यो पनि सेनिटरी प्याड किन्ने कुरामा !’ अर्थ सरोकार डटकम सँग कोटेश्वरका ग्राहकहरुले गुनासो पोखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्