×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीको गोलीकाण्डपछी राजनीतिमा ‘यू-टर्न’,प्रधानमन्त्रीको पदबाट राजीनामा दिंदै प्रचण्ड !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सप्तरीको गोलीकाण्डपछी राजनीतिमा ‘यू-टर्न’,प्रधानमन्त्रीको पदबाट राजीनामा दिंदै प्रचण्ड !

Artha Sarokar

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सप्तरीमा भएको गोली काण्डपछी मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले राजीनामा गर्ने बारे आफ्ना केहि निकटका नेताहरुसँग आगामी रणनीतिबारे छलफल गरेका छन् । यसअघि कांग्रेससँग पालैपालो सत्ता चलाउने भन्ने सहमति समेत भएकोले राजीनामा दिने बेला आएको भन्दै उनले यसबारे आफ्नो पार्टीका केहि नेता र कांग्रेस सभापति देउवासँग पनि छलफल गरेको स्रोतले जानकारी दिएको छ । 
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै प्रधानमन्त्री निकट विश्वस्त स्रोतले भन्यो, ‘सप्तरी घटनापछी प्रचण्ड तनावमा हुनुहुन्छ । एमालेका बरिष्ट नेताहरुको लगातारको फोन, र मधेशी मोर्चाले सरकारलाइ दिएको समर्थन समेत फिर्ता लिने भएपछि अहिले प्रधानमन्त्री राजीनामा दिएर सेफ ल्याण्डमा जाने कुरामा कांग्रेस सभापति देउवा र अन्य सरकारमा सहभागी भएका दलहरुसँग छलफलमा हुनुहुन्छ ।’
स्रोतका अनुसार भोलि मधेशी मोर्चाले सरकारलाइ दिएको समर्थन फिर्ता गरेपछि लगत्तै वा थप छलफलपछी केहि प्रचण्डले राजीनामा दिने आन्तरिक सल्लाह भइरहेको छ । यता पार्टीभित्रबाट भने उनलाई अहिले राजीनामा नदिन र आगामी केहि दिनको स्थिति हेरेर मात्र निर्णय लिन दवाव आएको छ । ‘अहिलेको समय भनेको राजीनामा दिएर नभई वार्ताबाट सबैलाई मिलाएर लैजाने हो’ भन्ने दवाव पार्टीबाट आइरहेको भएपनि प्रचण्डभने आफ्ना केहि सहपाठीहरुसँग आफु राजीनामा दिने मनस्थितिमा रहेको बताएको स्रोतको दावी छ ।

‘सप्तरीमा भएको गोलीकाण्डले एकाएक राजनीतिक वातावरण तताएपछि अहिले प्रधानमन्त्री तीब्र छलफलमा छन्। पार्टीको दवाव थेग्ने वा के गर्ने भन्ने निर्णय भोलिसम्ममा प्रचण्डले गर्ने बुझिएको छ । स्रोतले भन्यो । यता प्रचण्ड राजीनामा दिने मनस्थितिमा रहेको बुझेपछि मधेशी मोर्चा समेत देउवासँग छलफलमा व्यस्त भएको बुझिएको छ ।        

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी