
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – सप्तरीमा हिजो भएको घटनापछि मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमा नै फिर्ता बोलाइएका छन् । नेकपा एमालेले संविधान संशोधनको विरुद्धमा सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीमा ४ जनाको ज्यान जाने गाली हानाहान भएपछि गृह मन्त्रालयले उनीहरुलाई मन्त्रालय नै फिर्ता बोलाएको हो ।
प्रमुख जिल्ला अधिकारी सीडीओ उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी र सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्कालाई मन्त्रालयले फिर्ता बोलाएको हो । त्यसैगरी मन्त्रालयले नेपाल प्रहरीका डीएसपी दानबहादुर खड्कालाई पनि मन्त्रालयमा बोलाउने निर्णय गरेको हो । गृहमन्त्री विमलेन्द्र निधिले पनि बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
निधिले नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा। दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थितिमा यस्तो निर्देशन दिएका हुन् ।
यसैबीच सप्तरीको प्रशासनले राजविराजमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ । मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि सप्तरी प्रशासनले सदरमुकाम राजविजविराजमा कर्फ्यु आदेश जारी गरेको हो ।
अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्