
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सेबोनले नेप्से र सेयर ब्रोकरहरुलाई परिपत्र गर्दै सेकेण्डरी मार्केटमा सेमी–अनलाइन प्रणालीको सुरुवात सकेसम्म चांडो गर्न निर्देशन दिएको छ ।
बोर्डले सेमी अनलाइन कारोबार प्रणालीको माध्यमबाट लगानीकर्ताहरुले धितोपत्रको खरिद बिक्री आदेश दिदाँ ब्रोकर कम्पनीबाट सम्बन्धित लगानीकर्ताहरुलाई केवाइसीको आधारमा लगानीकर्ता स्वयंलाई यूजर नेम र पासवर्ड दिई इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । भने लगानीकर्ताहरुबाट इन्टरनेटमार्फत प्राप्त खरिद बिक्री आदेशलाई समय प्राथमिकताको आधारमा खरिद बिक्री प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।
नेपाल धीतोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जारी गरेको एक विज्ञप्तिअनुसार धितोपत्र कारोवार सम्बन्धी विवरण तथा सूचना समेत लगानीकर्ताहरुले इन्टरनेट मार्फत पाउन सक्ने व्यवस्था गर्न निर्देशन दिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्