
- प्रनिश थापा / अर्थ सरोकार डटकम
चितवन – चितवनमा चालु आर्थिक वर्षमा मात्रै ४ सय २६ जना नयाँ क्षयरोगी भेटिएका छन् । आर्थिक वर्ष २०७१/७२ मा १ हजार ४ जना र गत, आर्थिक वर्षमा उपचारका लागी १ हजार २४ जनाले मात्रै नाम दर्ता गराएका थिए ।
तर, चालू आवमा मात्रै ४२६ जना नयाँ क्षयरोगी भेटिएकोमा ती मध्य अधिकांश १५ देखि २४ वर्षसम्म उमेरका युवाहरुमा बढी क्षयरोग को समस्या भेटिएको जनस्वास्थ्य निरीक्षक अनुप अधिकारीले जानकारी दिए । चितवनमा क्षयरोग पत्ता लगाउने दर ७८ प्रतिशत रहेको छ भने बांकी २२ प्रतिशत बिरामीको क्षयरोग अझै पनि पत्ता लगाउन कठीन भएको तर, जिन एक्सपोर्टबाट स्वचालित रुपमा रोगीमा क्षयरोग भएको पत्ता लगाउन सकिने बताउदै अधिकारीले जिन एक्सपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको ल्यावमा राखिएको र उक्त मेसिनबाट यस वर्ष १ सय ३७ जनाको खकार परीक्षण गरिएको समेत जानकारी दिए ।
पछिल्लो समय क्षयरोगीको संख्यामा उल्लेखनीय वृद्धि भएको बताउदै उनले चितवनमा भेटिएका क्षयरोगीमध्ये ९० प्रतिशतलाई रोग निको हुने गरेको र दुई दशमलब चार प्रतिशत ब्यक्ति क्षयरोगका कारण निधन हुनुपर्ने स्थिती सम्म पुग्ने गरेको समेत जानकारी दिए । यता , जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख बिजय कुमार झाले जनस्वास्थ्य कार्यालय चितवनले क्षयरोग नियन्त्रणको लागि समुदाय स्तरमा सचेतना कार्यक्रम गर्दै आएको जनाएको छ ।
लगातार दुई हप्ता वा त्यो भन्दा बढी समसम्म खोकी लागेमा, छाती दुखेमा, बेलुकी पख हलुका पसिना सहित ज्वरो आएमा खानामा रुची नभए क्षयरोगको लक्षण समेत हुनसक्छ । मानिसमा लाग्ने क्षयरोगमध्ये ८० प्रतिशत क्षयरोगले फोक्सोमा संक्रमण गर्ने गर्दछ । प्रमुख झाले दिनुभएको जानकारी अनुसार क्षयरोगको उपचारका लागी चितवनमा ५७ वटा केन्द्रहरु, १८ ठाउँमा खकार परीक्षण गरी रोग पत्ता लगाउने, एउटा जिन एक्पोर्ट रहेको र ११ वटा सहरी उपचार केन्द्र रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्