
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – विगत केहि समयदेखि नेपाली लगानीकर्ताहरुलाई लक्षित गर्दै विभिन्न विषयमा सेमिनार गर्दै आएको थ्री एस इन्भेष्टमेन्टले यो सातापनि बजारको वर्तमान अवस्थाको आधारभूत प्राविधिक विश्लेषण नामक सेमिनार सम्पन्न गरेको छ । गत शनिबार भक्तपुरस्थित लगानीकर्ता छलफल घरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
हरिबोल काफ्ले र कृष्ण गिरी तालिमकर्ता रहेको उक्त कार्यक्रममा ३५ बढी सहभागी थिए । ‘बजारको वर्तमान अवस्थाको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न जानेपछी लगानीकर्तालाई निकै फाइदा भएको प्रतिक्रिया पाएका छौं । यो प्रतिक्रियाले हामीलाई अझै हौसला दिएको छ ।’ संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष राज बजगाईंले भने, ‘लगानीकर्ताको यस्तै साथ पाए अझै परिस्कृत कार्यक्रमहरु ल्याउनेछौं।’ धीतोपत्र डटकमले प्राविधिक सहयोग गरेको उक्त कार्यक्रममा नेपालको अग्रणी आर्थिक समाचार पोर्टल अर्थ सरोकार डटकम मिडिया पार्टनरको रुपमा रहेको थियो ।
यसैबीच थ्रीएस इन्भेष्टमेन्टले गरेका अधिकांस सेमिनारहरु लोकप्रिय हुँदै गएका छन् । सहभागीहरुको चाप बढिरहेको छ भने शनिबारको दिनपनि कार्यक्रममा सहभागी हुनेहरुको संख्याले आयोजकलाई समेत थप हौसला दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्