
- सम्पादकीय
उद्योग वाणिज्य महासंघ । अर्थात देशको एउटा गर्विलो संस्था । उद्योग र वाणिज्य क्षेत्रमा लागेकाहरुको हक, हित संरक्षण र सम्बर्दनमा लागेकाहरुको साझा संगठन । तर देशको यत्रो गर्विलो संगठनमा यसपाली भने ठगहरु बढी पुगे । र यी ठगहरुले नै अवको केहि बर्ष माहासंघमा राज गर्नेछन् । सोझा नेपालीहरुलाई ठग्नेहरुनै संघका हाइते हुइते भएपछि देशमा कालोबजारी र ठगी धन्दाका लागि झनै बल पुग्ने स्पष्ट देखिन्छ ।
कालोबजारी ऐन विपरित मोटरसाइकलहरु बेचेर जनता ठग्न पल्किएको ‘ठग’ कम्पनी बजाजका मालिक शेखर गोल्छा बरिष्ट उपाध्यक्ष भएको संगठनबाट नेपाली जनताले केहिपनि अपेक्षा नगरे हुन्छ । उनी त अझै ठगीधन्दालाइ वैधानिक रुप दिन सक्ने हैसियत भएको ठाउँमा पुगेका छन् । नक्कली भ्याट बिल प्रकरणमा समेत परेको कम्पनीका हाकिमबाट देशका लागि सकारात्मक काम हुन्छ भनेर त सोच्नुपनि व्यर्थ हुन्छ ।

अझ खास कुरा त के हो भने, आउने कार्यकालमा यिनै ठग कम्पनीका मालिकनै महासंघका अध्यक्ष हुनेछन् । यस बर्षबाट महासंघको विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्षनै अध्यक्ष हुने ब्यवस्था राखिएकोपछी कानुनको धज्जी उडाउदै जनता लुटिरहेको कम्पनीका यी मालिक एफएनसीसीआइका अध्यक्ष बन्नेछन् । यसले नेपाल उद्योग वाणिज्य महासंघपनि फोहोरी राजनीतिको चंगुलमा परेको र ठगहरुले देशको गौरवशाली संस्थाको नतृत्व गरेर विधिको शासनकै उपहास भएको कुरामा कुनै शंका छैन ।
बजाज कम्पनीको बाइक बेच्दा प्रचलित ऐन विपरित नाफा असुलेर जनता लुटीरहेको कम्पनीका मालिक शेखर गोल्छा बरिष्ट उपाध्यक्षमा निर्वाचित हुँदा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यमापनि गोल्छा समूहले बर्चस्व कायम गरेको छ । वस्तुगततर्फ केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएर अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनी हुन्डाई कम्पनीको गाडी नेपालमा गैरकानुनी रुपमा बेचेर ठगी गरिरहेको कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक हुन् ।

सोझा नेपालीहरुलाई ठगेर एउटै गाडीमा नियमविपरित २५ लाखसम्म असुलेर जनता लुट्न पल्किएका उनीबाट पनि जनताले महंगी, भ्रष्टाचार, कालोबजारी बाहेक अरु के नै आश गर्न सक्लान र ? महासंघमा पुगेका उमेशलाल श्रेष्ठपनि औसधिमा कालोबजारी गर्नेहरुलाई छुटाउन कुनै बेला महत्वपूर्ण खेल खेलेको चर्चामा आएका व्यक्ति हुन् । चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकाल, जो निर्विरोध निर्वाचित हुँदै महासंघ पुगेका छन्, उनले जनतालाई कसरी लुटीरहेका छन् भन्ने सबैले देखेकै छन् ।
यसअलावा हुण्डी कारोबारमा संग्लग्न भनिएका, भ्रष्टाचारको आरोप लागेकादेखि जनतालाई जसरी लुटेपनि हुन्छ भन्ने प्रवृतिका व्यक्तिहरु देशको यति गर्विलो संगठनमा पुग्नु राम्रो कुरा पक्कै होइन । अझ यिनै ठगहरुले महासंघलाइ अनिर्णयको बन्दी बनाउने, र देशमा भ्रष्टाचार बढाउने, कालोबजारीलाई बढावा दिने लगायतका काम मात्र गर्नेमा कुनै शंका छैन । हुन पनि रक्सीको खोलो बगाएर र पैसाकै भरमा चुनाव जितेकाहरुबाट जनताका पक्षबाट अपेक्षा गर्न सकिने कुरा पनि त्यति न हो ।
यो पनि पढ्नुहोस् :
ठग कम्पनीका मालिक एफएनसीसीआइको बरिष्ट उपाध्यक्ष निर्वाचित ! यस्तो छ गोल्छा समूहको ‘लुट’ कहानी
वस्तुगत समूहमा पनि ठग कम्पनीकै हाकिम ! हेर्नुहोस् सर्वाधिक मत ल्याएका अञ्जनको कम्पनीको ‘लुट कहानी’
यो पनि पढ्नुहोस् :
ठग कम्पनीका मालिक एफएनसीसीआइको बरिष्ट उपाध्यक्ष निर्वाचित ! यस्तो छ गोल्छा समूहको ‘लुट’ कहानी
वस्तुगत समूहमा पनि ठग कम्पनीकै हाकिम ! हेर्नुहोस् सर्वाधिक मत ल्याएका अञ्जनको कम्पनीको ‘लुट कहानी’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्