- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – स्वास्थ्यमन्त्री भएपछि एकपछि अर्को राम्रो काम गर्दै आएका गगन थापाले पुन: अर्को लोकप्रिय कामको सुरुवात गरेका छन् । मन्त्री थापाको पहलमा अबदेखि नवजात शिशुले कान्ति बाल अस्पतालमा नि:शुल्क उपचार सेवा पाउने भएका छन् ।
‘कान्ति बाल अस्पतालमा आजबाट बिरामी नवजात शिशुहरुको निशुल्क उपचार सेवा शुरु भएको छ,’ थापाले जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बिगतका निर्णयहरुजस्तै मन्त्री थापाको यो निर्णयको पनि सामाजिक संजालमा निकै चर्चा भइरहेको छ ।