- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नयाँ वर्षको तेस्रो दिन र साताको पहिलो दिन आइतबार सुनको मुल्यमा वृद्धि भएको छ । बिहिबार ५५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आइतबार एक सयले बढेर ५५ हजार ७ सयमा कारोबार भैरहेको छ ।
त्यसै गरि चाँदीको मूल्य भने स्थिर रहेर ८ सय १५ रुपैयाँ भइरहेको सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।महासंघले आइतबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ७ सय ५५ रुपैयाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ।