- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य २ सयले घटेर सोमबार प्रति तोला ५५ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य १० रुपियाँले घटेर ७ सय ९० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ। महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ४ सय १० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ७७ रुपियाँ ५ पैसा कायम गरेको छ।