
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मारुती सिमेन्टले राजश्व छली गर्ने गरेको समाचार अर्थ सरोकार डटकमले ब्रेकगरेपछि सिमेन्ट उद्योग र उद्योगको कार्यालयमा एकै पटक राजस्व अनुसन्धानले छापा मारेर कम्प्युटरसहित आवश्यक कागजात नियन्त्रणमा लिएको छ । मारुती सिमेन्ट उत्पादन हुँदै आएको मारुती सिमेन्ट उद्योग मिर्चैया सिराहा र विराटनगर उपमहानगरपालिका शिवमन्दिर छेउमा रहेको मारुती सिमेन्टको कार्यालयमा एकै पटक राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी सुनसरीको टोलीले छापा मारेको हो ।
राजस्व अनुसन्धान विभागको निर्देशनअनुसार सिराहामा रहेको उद्योगमा राजस्व अनुसन्धान सुनसरीका अनुसन्धान अधिकृत देवराज भुषालले नेतृत्व गरेका थिए भने विराटनगरमा अर्का अनुसन्धान अधिकृत रवीन्द्र प्याकुरेलले नेतृत्व गरेको टोलीबाट एकै साथ छापा मारेर आवश्यक कागजातसहित कम्प्युटर समेत नियन्त्रणमा लिएको हो ।
‘राजस्व अनुसन्धानमा आएको उजुरी र विभिन्न संचारमाध्यममा आएका समाचारका आधारमा छापा मारेका हौँ । बाँकी अनुसन्धान चलीरहेको छ । कुरा राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय सुनसरीका प्रमुख जयबहादुर भण्डारीले जानकारी दिए ।विस्तृत विवरण उपलब्ध कागजातको अनुसन्धानपछि मात्र खुल्ने हुँदा अहिले नै केही बताउन नसकिने उनको भनाइ थियो ।
यो पनि पढ्नुहोस् :
- रोकिएन ‘ज्यानमारा’ मारुती सिमेन्टको रबैया, उद्योगमा कर्मचारीमाथि चरम शोषण, बिजुली चोरी गर्न लगाउँछन् हाकिम !
- मारुती सिमेन्टविरुद्ध उठेका सिन्धुलीका जनता भन्छन्, ‘ज्यानमारा सिमेन्ट उद्योगले दादागिरी देखायो, न्याय पाउँ !’
- मारुती सिमेन्टले यसरी गर्छ भ्याटछली, कर्मचारीनै भन्छन्, ‘सबैतिर सेटिङ छ कसले छुने ?’
- EXCLUSIVE :मारुती सिमेन्ट उद्योग ‘बिजुली चोर’को लिष्टमा सबैभन्दा अगाडी ! कार्वाही गर्न सक्लान् त कुलमानले ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्