
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालमा सेल्फी एक्स्पर्टका नाममा कमसल मोबाइल बेच्ने र त्यसमापनि कम मूल्यको भ्याट बिजक जारी गर्ने ओप्पो मोबाइलका कर्तुत विरुद्ध अर्थ सरोकार डटकमले निरन्तर खबर सार्वजनिक गरेपछि अन्तत आन्तरिक राजश्व विभागले ओप्पोका विक्रेता रहेका विभिन्न मोबाइल पसलहरुमा छापा मारी आवश्यक प्रक्रिया बढाएको छ । आन्तरिक राजश्व विभागले विना भ्याट बिल मोबाइल बेच्ने र कम मूल्यमा भ्याट छली गरि कारोवार गरेको आरोपमा केही पसलहरुमा छापा मारी छानविन अगाडि बढाएको हो ।
बोलानो इन्टरप्राइजेजमा मारियो सिल
नेपालमा ओप्पो मोबाइलको आधिकारिक विक्रेताझैं बनेर करोडौंको मोबाइल बेच्ने अनि कर छल्ने गरेको महाबौद्धमा रहेको बोलानो इन्टरप्राइजेजले करोडौंको राजश्व छली गरि कारोवार गरेको भन्दै राजश्व विभागले सिल लगाएको छ भने कर छली गरेको अभियोगमा आवश्यक कागजात छानविनका लागिड नियन्त्रणमा लिएको छ । यस्तै अन्य केहि पसलहरुमा समेत राजश्वले छापा मारी आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।
ओप्पोको बाह्र बजाउंदै राजश्व विभाग, ओप्पोका नेपाल प्रतिनिधिहरु राजनीतिक दौडधुपमा
यता नेपालमा कम मूल्यको बिजक जारी गरेर कर छलीमा ओप्पोका नेपालका केहि प्रतिनिधिहरुकै प्लान अनुसार नेपालमा गैरकानुनी धन्दा चलिरहेको सुचनाका आधारमा आन्तरिक राजश्व विभागले ओप्पोका डिलरहरुमा व्यापक छानविनको प्रक्रिया सुरु गरेको बुझिएको छ । आन्तरिक राजश्व विभागको विश्वस्त स्रोतले दिएको जानकारी अनुसार ओप्पोका अधिकांस डिलरहरुमा आन्तरिक राजश्व विभागले छापा मार्दैछ ।
छापा मार्ने भएपछि ओप्पोका मोबाइलनै बेच्न छाडे केहि पसलहरुले
यता अर्डरकै भरमा मात्र ओप्पो मोबाइल बेच्ने गरेका पसलहरुले भने ओप्पो मोबाइलनै बेच्न छाडेको बताएका छन् । ओप्पो ब्राण्डले नेपालमा करोडौं रुपैयाँ कर छली गरेको र त्यहि बीचमा आफुहरु पर्ने भन्दै पसलहरुले ओप्पोको मोबाइलनै बेच्न छाडेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्